काठमाडौं । प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका ४ जना नेपालीको शव आज आइतवार नेपाल ल्याइँदै छ ।
आज बिहान ९ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा शवहरू आइपुग्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल पनि विमानस्थल जाने कार्यतालिका छ ।
साथै, शवहरू आइतवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको सचिवालयले जनाएको छ । हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो बेपत्ता बिपिनकाे खाेजि कार्य निरन्तर रहेकाे इजरायल स्थित नेपाली दुतावासले जनाएको छ।
file photo