Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी प्रदेशमा चाडपर्वलाई सुरक्षित बनाउन ७ हजार ५ सय १५ जना थप प्रहरी परिचालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 21, 2023
15 shares

डिकेन्द्र बस्नेत, झापा। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको छ ।

जिल्लाको सुरक्षा व्यवस्थालाई मजवुद बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाड पर्व हर्ष र उल्लासका साथ मनाउने वातावरण सृजना गर्न, बैङ्क तथा बितिय संघ संस्थाहरुमा हुने कारोवार सुरक्षित बनाउन, बिभिन्न गन्तब्य सम्म जाने यात्रुहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाड पर्व सुरक्षा योजना तयार गरी दुरुस्त र योजनाबद्धरुपमा प्रहरी परिचालन गरेको हो ।

चाड पर्वको समयमा हुन सक्ने अवान्छित/ अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र बिगतको घटनालाई विश्लेषण गरी चाडपर्व लक्षित सुरक्षा योजना अनुसार प्रदेश स्तरिय कमाण्ड पोष्ट स्थापना गरी १४ वटै जिल्लाहरुमा जिल्ला कमाण्ड पोष्ट स्थापना गरी प्रहरी परिचालन गरेको छ । यसै गरी प्रदेश रिजर्भ टोली ४ वटा र जिल्ला रिजर्भ टोली २६ वटा र जिल्लाहरुमा १७ वटा स्ट्राईकिङ टोली तयार गरी परिचालन गरिएको छ ।
जिल्लाहरुमा शान्ति सुरक्षाको निम्ति बिशेष चेकिङ, नियमित चेकिङ, रात्री कालिन चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ, मोवायल गस्ती, पैदल गस्ती, मोटरसाईकल गस्ती, साईकल गस्ती तथा बिभिन्न स्थानमा पिकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजवुद बनाएको छ ।

बजार एरिया,बैंक, बितिय संघ संस्था एकान्त ठाउँ, मानिसको बढी भिडभाड हुने स्थानहरुमा शान्ति सुरक्षाको निम्ति पैदल तथा मोवायल गस्ती र सादा पोशाकमा परिचालन गरिएको छ भने चोक बजार लगायत बिभिन्न स्थानमा रहेका CC TV को निगरानी समेत बढाईएको छ । अन्तराष्ट्रिय सिमानाका तथा अन्तर जिल्लाका नाकाहरुमा अवैध सामान तथा बिष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा संकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी संकित ब्यक्ति तथा सवारी साधनहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाईएको छ । सवारी दुर्घटना न्युनिकरण, यात्रु सहजिकरण तथा यात्रुहरु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याईनुको साथै राजमार्गहरुमा २४ सै घण्टा संयुक्तरुपमा ट्राफिक प्रहरी सहितको बिशेष चेकिङ गरिदै आएको छ ।

सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक स्थल, उधोग कलकारखानाहरुको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोवायल गस्ती सहित थप प्रहरी परिचलान गरिएको छ भने पहाडी भेगहरुमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामिण गस्ति, बजार गस्ती, खवर संकलन समेत गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको छ । यसै गरी बजारमा खाधान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुको बिक्रि बितरण सहज बनाउन सरोकारवाला निकायसंग समन्वय गरी बजार अनुगमन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved