आकाश मगर, उदयपुर । उदयपुर जिल्लाको त्रीयुगा ७ कालिखोला माबिमा बिपन्न परिवारका बिधार्थिलाई जुत्ता बितरण गरेकोछ ।
सदरमुकाम गाईघाटका ब्यावसायि बिनोद गुप्ताले आफ्नो छोरा इस्वर गुप्ताको जन्म उत्सबको उपलक्ष्यमा १६ जोर जुत्ता बिधालयको प्रध्यानध्यापक बिपिन कार्की र समाजसेबि भरत गुप्ताको संयोजनमा बिपन्न बिधार्हिलाई जुत्ता उपलब्ध गराईएको हो। मानिसहरु जन्मदिनमा भोजभत्तेर खाएर फजुल खर्च गर्ने प्रबृति भए पनि आफ्नो छोराको जन्म उत्सबमा यसरि उपहार बितरण गर्नु समाजको लागि सुखद छाप रहेकोछ ।
पछिल्लो समय प्र अ बिपिन कार्किले मा.बि बि.विध्यालयमा धेरै रुपान्तरण गरेकाछन। गर्मिमा विधार्थिको लागि पंखा लगायत सिसु विधार्थिको लागि बस्ने कार्पेट म्याटहरु समेत स्वस्फुर्त दातहरु संग समन्वय गरि जुटाएकाछन। प्र अ कार्किको नेतृत्व मा.वि. कालिखोलाको लागि सुनौलो अवसर साथै कोशेढुङ्गो हुन सक्छ ।