Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कृषिका विधार्थीले खेती वारीमा अभ्यास गरी ब्यवहारिक ज्ञान बुटुल्नु :   अध्यक्ष ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 17, 2023
0 shares

डिकेन्द्र बस्नेत, असोज । कृषिका विधार्थीले किसानको खेती वारीमा गएर अभ्यास गरी धेरै भन्दा धेरै ब्यवहारिक ज्ञान लिनु पर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

झापाको गौरादहमा गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्ताकालय तथा प्रयोगशालाको पक्की भवन उद्घाटन पछि बोल्दै एमाले अध्यक्ष ओलीले कृषकलाई प्राविधिक ज्ञान दिदै उनीहरुको खेतवारीमा कृषिका विधार्थीले ब्यवहारिक ज्ञान बुटुल्नु पर्ने बताउनु भएको हो ।

यस कृषि क्याम्पसमा मुलुकेै भरिवाट आएर कृषिको विएसीएजी (कृषि स्नातक) पढने विधार्थीले सैदान्तिक ज्ञान मात्र लिने भन्दा पनि ब्यवहारिक ज्ञान किसानवाट ग्रहण गरी कृषिले नियत गर्नु पर्ने अध्यक्ष ओलीको सुझाव छ । हिजो कृषिमा आत्म निर्भर रहेको मुलुक अहिले टमटर ,खोर्सानी , आदिमा पनि परनिर्भर हुदै गएकोमा ओलीले चिन्ता ब्यक्त गर्नुभयो ।

नेपालमा हरेक वाली उत्पादन हुने सबै भन्दा उत्तम स्रोत माटो भए पनि साधान नहुदा अरुसंग भर पर्नु पर्ने अवस्था रहेको हुदा प्रत्येक नागरिकले थोरै भएको जग्गामा पनि कृषि कर्म गर्न उहाँले आग्रह गर्नु भयो । कृषि विज्ञानको विषयमा आफनो विचार राख्न समय खर्चिनु भएका अध्यक्ष ओलीले गौरादह कृषि क्याम्पसको विकास र भेटनरी अस्पताल ल्याउन आफूले पहल गर्ने बताउनु भयो ।
कृषि र पशु विज्ञान अध्ययन संस्थानका डिन प्राध्यापक भार्गव धितालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री हिक्मत कार्कीले गौरादहवासीको मात्र नभएर यो कृषि क्याम्पस प्रदेशवासी भएकाले यसलाई संरक्षण गर्न र भेटनरी अस्पताल ल्याउन पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा गौरादह नगर पालिकाको नगर प्रमुख छत्रपति सुवेदीले कृषि क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुको केही निशुल्क कोटा वृद्धि गर्नु पर्ने,भेटनरी अस्पताल ल्याउन पहल गर्न माग गर्नु भयो ।

निर्वतमान नगर प्रमुख रोहित शाह र त्रिभुवन विश्व विधालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त वाँस्कोटाले कृषि क्याम्पसको शैक्षिक भौतिक विकासमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

गौरादह कृषि क्याम्पसको पक्की भवन निर्माणका लागि विश्व विधालय अनुदान आयोग र त्रिभुवन विश्वविधालयको ६ करोड ४४ लाख ४ हजार रहेको कृषि क्याम्पसका क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिनु भयो । साढे ३ वर्षे अवधिमा निर्माण भएको पक्की भवनमा १४ कोठा रहेको क्याम्पसले जनाएको छ ।

यस क्याम्पसमा कृषिको विएसीएजी (कृषि स्नातक) दुई ब्याच अध्ययन गराई सकेको क्याम्पस प्रमुख खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved