डिकेन्द्र बस्नेत, झापा। सुनसरीको धरान उप-महानगरपालिका-१६ र १ बाट ठुलो परिणामको नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर पिआइटि PIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे धरान उप-महानगरपालिका- १६ स्थित डेरा गरी बस्दै आएका २२ बर्षीय शेर बहादुर सुनुवार पक्राउ परेका हुन ।
स्पासपेन ३ हजार ८ सय ट्याबलेट, ट्रामाडोल ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर १ बुलेट साथै नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।
त्यस्तै आज नै धरान – १ बाट ३३ बर्षीय सुसन श्रेष्ठलाई स्पासपेन ३ सय ट्याबलेट र ट्रामाडोल ५ सय क्याप्सुल सहित पक्राउ गरेको हो । औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
रानी प्रहरी टोलीले शनिबार बिराटनगर १४ र १५ स्थितबाट रेडिमेट कपडा कुर्था सुरुवाल, कस्मेटिक्सका सामान लगायत लेडिज इनर समेत गरी करिव ८० हजार ३ सय ७० रुपैया मुल्य बराबरको सामान बरामद गरि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।