काठमाडौं । व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र (पिडीआरसी ),मार्टिन चौतारी र नेपाल वौद्द अम्बेडकर महासभाको आयोजनामा अन्तरसंवाद कार्यक्रम हिजाे असोज २६ गते थापाथली स्थित मार्टिन चौतारीको सभाहलमा सम्पन्न भयो । अधिकारकर्मी, दलित अगुवा,लेखिक, जसपा नेतृ कमला हेमचुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन लेखक तथा अध्यता डिबी नेपाली (दमु)ले गरेका थिए ।
दलित आत्मरक्षा अभियानका अभियन्ता, मानवशास्त्री, डा. मित्र परियारले ‘नेपालमा जातीय विभेदका कारण : परिणाम र समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने, उक्त कार्यपत्रमाथि मुख्य टिप्पणीकर्ताको रूपमा सुशील विके र सञ्जीव कार्कीले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
सो कार्यक्रममा अन्य टिप्पणी कर्ताहरूमा राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाई, राजदूत डा. निर्मल विश्वकर्मा, रवीन्द्र थिंग, डा. कृपाराम विश्वकर्मालगायतले कार्यपत्रमाथि टिप्पणी सुझाव, खण्डन र मण्डन गरेका थिए ।