Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इजरायल र प्यालेस्टाइन युद्ध के हाे?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 13, 2023
0 shares

काठमाडौं । इजरायल र हमासबीच शनिबारदेखि जारी युद्धमा दुवैतर्फ करिब एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हमासका लडाकुहरुले इजरायलका सर्वसाधारण र सैनिक गरी एक सयभन्दा बढीलाई बन्दी बनाएका छन् । यो युद्धले दुवै पक्षबीचको दशकौं लामो विवादबारे स्वाभाविक जिज्ञासा उत्पन्न भएको छ ।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्धमा तत्कालीन ओटोमन साम्राज्य पराजित भएपछि बेलायतले प्यालेस्टाइन क्षेत्र आफ्नो नियन्त्रणमा लियो, जहाँ बहुसंख्यक अरब र अल्पसंख्यक यहुदी बस्दै आएका थिए ।

प्यालेस्टाइनमा यहुदीका लागि छुट्टै मातृभूमि स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले बेलायतलाई भनेपछि अरबहरुले त्यसको विरोध जनाए । यहीबाट भएको थियो प्यालेस्टिनी अरब समुदाय र यहुदीबीच द्वन्द्वको बीजारोपण । योबीचमा विश्वका विभिन्न देशमा छरिएर रहेका यहुदीहरु आफनो बेग्लै मातृभूमि निर्माण गर्ने भनेर प्यालेस्टाइनमा ओइरिए ।

१९२० देखि १९४० को दशकमा त्यहाँ आइपुग्ने यहुदीको संख्या उल्लेख्य रुपमा बढ्यो । अरब र यहुदीबीचको द्वन्द्वका साथै बेलायती शासनविरुद्धको संघर्ष बढ्दै गएपछि १९४७ मा राष्ट्रसंघले प्यालेस्टाइनलाई यहुदी र अरब दुई राज्यमा विभाजित गर्ने र जेरुसलमलाई अन्तर्राष्ट्रिय प्रशासनअन्तर्गत राख्ने प्रस्ताव पारित गर्यो । यहुदी नेतृत्वले सो योजनाको स्वागत गरे तर अरबहरुले अस्वीकार गरे ।

विवाद साम्य पार्न नसकेपछि सन् १९४८ मा बेलायती सरकार उक्त क्षेत्रबाट बाहिरियो । र, यहुदी नेताहरुले इजरायल नामको देश स्थापना गरेको घोषणा गरे । सन् १९४८को मे १४मा स्टेट अफ इजरायल गठनको घोषणा गरिएपछि अरब लिगले प्यालेस्टिनीको पक्षबाट हस्तक्षेप गर्ने निर्णय गर्यो र अरब(इजरायल युद्ध भड्कियो ।

सन् १९४९ मा भएको युद्धविराम सम्झौतासँगै यो युद्ध अन्त्य भयो । त्यसबेला प्यालेस्टाइनी भूभाग स्टेट अफ इजरायल, जोर्डन नदीको किनारमा पर्ने द वेस्ट ब्यांक र गाजा क्षेत्रमा बाँडिएको थियो ।

वेस्ट ब्यांकमा जोडर्नले कब्जा जमायो भने इजिप्टले गाजा स्ट्रिप । जेरुसेलम पनि दुई भागमा विभाजन भयो जसमध्ये पश्चिमी भाग इजरेली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डन सेनाको कब्जामा रह्यो ।

सन् १९६७ मा इजरायल र अरबबीच ६ दिनसम्म चलेको युद्धपछि इजरायलले पूर्वी जेरुसलम, वेस्ट ब्यांक र गाजा क्षेत्र नियन्त्रणमा लियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र इजरायलबीच भएको ओस्लो शान्ति सम्झौताअन्तर्गत वेस्ट ब्यांकका केही भाग र गाजा स्ट्रिप प्यालेस्टिनियन नेसनल अथोरिटीका नाममा प्यालेस्टिनीहरुअन्तर्गत आयो ।

अहिले वेस्ट ब्यांकमा तत्कालीन प्यालेस्टिनियन नेसनल लिबरेसन मुभमेन्ट र हालको फताह पार्टीको सरकार छ भने गाजा क्षेत्रमा हमासको शासन छ । गाजा र वेस्ट ब्यांक क्षेत्र एक-आपसमा जोडिएका भने छैनन् ।

यिनीहरुबीचको क्षेत्रमा इजरायलको भूमि पर्दछ । हाल वेस्ट ब्यांक १६५ वटा प्यालेस्टिनियन इनक्लेभ र दुई सयवटा इजरायली सेटलमेन्टमा विभाजित छ । प्यालेस्टिनियन इनक्लेभमा प्यालेस्टिनियन नेसनल अथोरिटीको शासन छ भने इजरायली सेटलमेन्ट पूर्णत इजरायली नियन्त्रणमा छ ।

२००६ मा भएको निर्वाचनबाट गाजामा हमास सत्तामा आएको हो भने त्यसयता इजरायलले गाजामाथि जल, स्थल हवाई नाकाबन्दी लगाउँदै आएको छ । जसका कारण यहाँका मानिसहरु स्वतन्त्र रुपमा बाहिर जान वा भित्र प्रवेश गर्न पाउँदैनन् । इजरायल र प्यालेस्टिनीहरु सहमतिमा आउन नसक्ने सबैभन्दा महत्त्वपूर्ण मुद्दा इजरायलसँगै प्यालेस्टिनी राज्य बनाउ/नबनाउने भन्ने नै हो ।

यसका साथै छिमेकी देशमा रहेका प्यालेस्टिनी शरणार्थीलाई के गर्ने, वेस्ट ब्यांकमा रहेको यहुदी बस्ती कायमै राख्ने कि हटाउने, जेरुसलम दुवै पक्षले भाग लगाउने कि नलगाउनेजस्ता विवाद छन् ।

( विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार रिपोर्ट )

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved