हेटौंडा । बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजकाे भाषाकाे रुपमा प्रयाेगमा ल्याउन बनाएककाे विधेयक प्रदेश सभाबाट पारित भएसँछगै हेटाैंडा उपमहानगर पालिका वडा नम्मर २ ले आफ्नाे कार्यालयमा राखिने साइनबोर्डमा नेवारी र तामाङ भाषा प्रयाेग गरेकाे छ।
वडा कार्यालयले असाेज २३ मा नेवारी र तामाङ भाषा सहितकाे बाेर्ड वडा कार्यालयमा राखेकाे हाे। बागमती प्रदेश सभाले भने बमाेजिम नै प्रदेश सरकारमा नेवारर तामाङ भाषालाई प्रयाेग गर्ने निर्णयलाई वडाले कार्यन्वयनमा ल्याएकाे वडा अध्यक्ष बिष्णु गाेपाल महर्जनले बताए ।
कागजि काममा भने प्रदेश प्रमुखले प्रमाणितगरेर प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशितगरेकाे १८० दिन पछि कार्यन्वयनमा ल्याइने भएपनि बाेर्डमा भने समावेस गरिसकिएकाे अध्यक्ष महर्जनले बताए। भाषा र संस्कृतिको क्षेत्रमा पनि क्रियासिल अध् महर्जन नेवा भाषा पुच:का निवर्तमान अध्यक्ष नेवा देय दबू बागमती प्रदेश समितिकाे अध्यक्ष समेत छन् महर्जन।
जातीय पहिचान र भाषाकाे संरक्षणमा जाेड दिनु पर्ने बताउँदै आएका महर्जनकाे प्रयासलाई भाषा र संस्कृति काे क्षेत्रमा ब्यक्तिहरुले समेत वडा अध्यक्ष महर्जनकाे खुलेर प्रसंसा गरेका छन्।