खाेटाङ। खोटाङमा गोरु काटेर सामुहिक भोज खाएको आरोपमा गत असोज ९ गत्ते जिल्लाकै विभिन्न ठाउँबाट पक्राउ परेका MNO-DGG का कार्यकर्ताहरु आज छुटेका छन।
संस्कृतिक अभ्यास गरेकाे भन्दै उक्त संगठनले पूर्वि जिल्लाहरुमा त्यस अघि , पछि पनि गाेरु काटेर सामुहिक भाेज गर्दै आयकाे छ।
रावाबेसी ६ का बादल गुरुङ, दि.रु.म.न.पा-१२ जाल्पाका गोपाल तामाङ, तेज बहादुर तामाङ र टिकमान तामाङ लगायत ४ जना आज छुटेका छन्।
जिल्ला प्रहरी कार्यालय खाेटाङ्का प्रहरी प्रवक्ता समेत रहेकाे प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार तेज बहादुर तामाङ साधारण तारेखमा छुटेका छन् भने बाँकि तीन जना भने प्रति ब्यक्ती दस हजारका दरले धराैटि बुझाएर छुटेका हुन।
