Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोपकाण्डका कारण उड्यो हृदयश त्रिपाठीको मन्त्रीपद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2021
15 shares

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली हृदयश त्रिपाठीलाई सरकारमा राखेनन् । ओलीले मन्त्रिमण्डल पुर्नगठनमा पुराना ४ मन्त्रीमात्र राखेका छन् । त्रिपाठी त्यसमा परेनन् ।

त्रिपाठीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट भएका थिए । खोपकाण्डमा त्रिपाठीले धेरै विषय खुलाएपछि असन्तुष्ट भएका थिए । उनले ‘बिचौलिया भूतप्रेत जागेको कारण’ भारतबाट सेरमद्वारा उत्पादित खोप ल्याउन नसकिएको अभिव्यक्ति दिएका थिए । बिचौलिया भनिएकाहरु प्रधानमन्त्री ओलीसँग नजिक मानिएका व्यवसायी हुन् ।

यअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि त्रिपाठीले घुमाउरो तरिकाले मुछेका गिथए । त्रिपाठीले कोरोना भाइरसको महामारी बढिरहँदा खोपको कमिशनको खेल र अवरोधबारे उजागर गरेका थिए । जसमा प्रधानमन्त्री ओलीलाई समेत घुमाउरो तरिकाले आक्षेप लगाइएको थियो । यसबाट ओली रुष्ट भएका थिए ।

त्रिपाठीले प्रधानमन्त्री ओलीलाई कमिशनको खेलबारे जानकारी गराउँदा पनि वास्ता नगरेको र उल्टै विचौलियालाई संरक्षण गरेको भन्दै असन्तुष्ट थिए । विचौलिया भनिएका व्यापारीहऋतु सिंह वैद्यलाई भिजिट नेपाल २०२० को आयोजक कमिटीको अध्यक्ष समेत बनाएका थिए ।सेरमको नेपाल एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो र विजय दुगड, ऋतु सिंह वैद्य, अभिषेक दुगड र सुरज वैद्यको नाममा छ । चारैजना व्यापारी बालुवाटारसँग नजिक मानिन्छन् । उनीहरुलाई बदनाम बनाएर प्रधानमन्त्री ओलीसँग जोडेको भन्दै बालुवाटार त्रिपाठीसँग रुष्ट थियो ।

सेरम कम्पनीको नेपाल एजेन्ट कमिशनका लागि सक्रिय हुँदा १० लाख डोज खोपको आपूर्ति रोकेको र ५० लाख डोज खोप खरिदका लागि मूल्य प्रस्ताव गरिसक्दा अवरुद्ध भएको त्रिपाठीले खुलाएका थिए । सरकारसँग सिधा सम्झौता गरेर खोप खरिद गर्दा एजेन्ट कम्पनीले १० प्रतिशत कमिशन राख्न भन्दा त्रिपाठीले हटाएका थिए । १० लाख डोज खरिद गरेर नेपाल ल्याएको र बाँकी १० लाख डोज ल्याउन खोज्दा कमिशन एजेन्टले रोकेका थिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुँदा मन्त्रालय र निजी कम्पनी हुकाम डिस्टिब्यूटर्स एन्ड लजिस्टिक प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, सरकारले सोझै खोप खरिद गर्ने सम्झौता गरेर कमिशनको ढोका बन्द गर्न खोज्यो । कमिशन हटाएर सम्झौता गरी बढेको भन्दै सेरमको स्थानीय एजेन्टहरु सक्रिय भएर रोकाएको विषय खुलेको थियो । खोप रोक्न काठमाडौं देखि दिल्ली र पुणेसम्म सक्रिय भए । उनीहरुकै सक्रियताले खोपको दोस्रो लट रोकियो । १० लाख खोप आउन ढिलाई भयो र भारतमा पनि खोपको अभाव भएपछि आपूर्ति हुन सकेन ।

५ फागुन २०७७ मा सेरमसँग खरिद गरिएको १० लाख डोज खोप आइपुग्यो । तर, त्यसपछि अर्को १० लाख डोज भने रोकिएको थियो । खोप रोकिएको विषयमा सर्वत्र चासो भएको थियो ।

reportersnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved