Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वाग्मती प्रदेशमा सरकारी कामकाजको भाषा ( तामाङ र नेवारी ) प्रचलनमा आउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 10, 2023
203

हेटौंडा ।  वाग्मती प्रदेशमा तामाङ र नेपाल (नेवारी) भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने भएको छ । वाग्मती प्रदेशसभामा सोमबार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएसँगै तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको हो ।

प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रस्तुत गरेको विधेयकमाथि छलफलपछि सोमबार सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । अब प्रदेशसभा सचिवालयले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाइने छ । प्रदेश प्रमुखले प्रमाणित गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएको मितिले १ सय ८० दिनपछि प्रदेशसभाबाट पारित विधेयक लागू हुनेछ ।

प्रदेशसभामा विधेयक पारित गर्न प्रस्ताव गर्ने क्रममा सभामुख पाठकले प्रस्तावना वाचन गरेर सुनाएका थिए । मौलिक भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यले सरकारी कामकाजको भाषाको रुपमा प्रदेशका बहुसंख्यक जनताको बोलीचालीको भाषा प्रयोगमा ल्याउने प्रयास भएको उनले बताए ।

नेवार तथा तामाङ समुदायले आफ्नो भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन माग गर्दै आएका थिए । जनगणना-२०७८ अनुसार वाग्मती प्रदेशका १३ जिल्लामा तामाङको जनसंख्या १२ लाख १६ हजार ५ सय १७ छ । प्रदेशको कुल जनसंख्याको १९.८८ प्रतिशत तामाङ समुदाय छन् । यसैगरी प्रदेशमा नेवार समुदायको जनसंख्या १५.५७ प्रतिशत अर्थात लाख ५२ हजार ४ सय ६० छ ।

दुई वर्षअघिको जनगणनाअनुसार वाग्मती प्रदेशमा जनसंख्या सबैभन्दा बढी ६१ लाख १६ हजार ८ सय ६६ छ ।वाग्मती प्रदेशमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा ल्याउने भएपछि तामाङ र नेवार समुदायका अगुवालगायत संघसंस्थाहरुले प्रदेश सरकारलाई धन्यवाद दिनुको साथै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved