Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

४३ औँ विश्व खाद्य दिवस ‘जीवन र खाद्यको आधार पानी हो’ भन्ने मूल नारासहित मनाइने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 10, 2023
3 shares

काठमाडौँ । ‘जीवन र खाद्यको आधार पानी हो’ मूल नारासहित यस वर्ष ४३ औँ विश्व खाद्य दिवस मनाइने भएको छ । विश्व खाद्य तथा कृषि संगठन एफएओको मूल थिम (नारा) मा रही नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागले आगामी असोज २५ गते भव्य रूपमा खाद्य दिवस मनाउने तयारी गरेको हो ।

विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्व बारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरुलाई प्रवर्द्धन गर्न तथा सबैका लागि स्वास्थ्य आहार सुनिश्चित गर्नेतर्फ सरोकारवाला पक्षलाई ध्यानाकर्षण गर्नु यस दिवसको मूल्य उद्देश्य रहने विभागले जनाएको छ ।

कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको छ । जसले भोकमरी उन्मुलनका लागि दिगो विकास लक्ष्य हासिल गर्ने ठूलो चुनौती रहेको संकेत गरेको विभागको भनाइ छ ।

नेपालको चालु १५औँ आवधिक योजनाले नेपालमा २१ प्रतिशत जनसंख्या अझैं पनि प्रयाप्त खाद्यान्नमा पहुँच नभएको उल्लेख गरिएको छ । सन् २०२२ को संयुक्त राष्ट्र संघको ‘वल्र्ड वाटर डे’ अनुसार विश्वमा करिब २ अर्ब २० करोड मानिसहरु अझै पनि सुरक्षित पानीको पहुँचबाट वञ्चित रहेको अनुमान गरेको थियो ।

राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँच प्राप्त गरेको देखिन्छ । त्यसै गरी नेपालमा कृषक परिवारले चलन गरेको जग्गा मध्ये सिँचाई सुविधा भएको जग्गाको क्षेत्रफल ५४.४ प्रतिशत मात्र रहेको विभागको भनाइ छ ।

सोही स्थितिका बीच एफएओले निर्धारणको थिम ‘जीवन र खाद्यको आधार पानी हो’लाई नै ४३ औँ विश्व खाद्य दिवसको मूला नारा बनाइएको विभागले बताएको छ ।

४३औँ विश्व खाद्य दिवसको अवसरमा विभागले एफएओले जारी गरेका प्रचारात्मक सामग्री प्रकाशन तथा प्रदेश तथा स्थानीय तहहरुमा वितरण गर्ने, कृषि तथा खाद्य सुरक्षाका लागि नारामा आधारित लेख रचना प्रतियोगिता, पोष्टर/पेन्टिङ्ग, रेडियो तथा टेलिभिजन संवाद कार्यक्रम गर्ने, खाद्य दिवसका अवसरमा असोज गते प्रभातफेरी कार्यक्रम गर्ने र उत्कृष्ट ९ विधामा काम गर्ने कृषकहरुलाई सम्मान गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved