काठमाण्डौं । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेसंगै बिभिन्न किसिमका भिडियोहरु अपलोड हुने गरेकाछन्,त्यस्तै राउटे युवतीको जिबर्जस्ती भिडियोे बनाएको भन्दै सुर्खेतमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई अर्धनग्न बन्न लगाएर भिडिओ बनाउने सुर्खेतका तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुन रहेका छन् । बिनोद पुन भने आफै होटल सञ्चालक रहेको प्रहरीको भनाई रहेको छ ।
राउटे युबतीहरुको अर्धनग्न भिडिओ सामाजिक सञ्जालमा सार्बजनिक भएपछि निजहरुलाई पक्राउ गरिएको हो। भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन्। ती युवाहरूले भने जबर्जस्ती भिडिओमा युवतीलाई बोल्न लगाएका छन्।
यस घटनाका बिषयमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अभियुक्तहरुलाई कानुनी कार्बाही गर्नको लागि थप अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।
