Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इजरायल घटनाका घाइते धनबहादुर चौधरीका अनुसार यसरी भएकाे थियाे घटना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 8, 2023
348

शनिबार बिहानसम्म दक्षिणी इजरायल शान्त थियो । हमासले आक्रमण गर्छ भन्ने इजरायललाई थाहा–पत्तो थिएन । बिहान ४ बजेतिर गाजापट्टीबाट केही मानिस सीमातिर आउँदै थिए । साथमा केही डोजर पनि थिए ।

गाजापट्टी र किबुज सीमावर्ती क्षेत्र हुन् । किबुजका किसान र गजापट्टीका किसानको दैनिकी छेउछाउकै फार्ममा काम गरेर बित्थ्यो । गाजापट्टीतिरको समूह र डोजरलाई बोर्डरमा रहेको इजरायली सुरक्षा बलले अरुबेला जस्तै सामान्य ठान्यो ।

तर एकैछिनमा त्यहाँ मोटरसाइकलमा समेत गरी ठूलो समूह जम्मा भयो र बोर्डरमा रहेको सुरक्षा बलमाथि आक्रमण गरी अगाडि बढ्यो । यो इजरायलका लागि अभूतपूर्व थियो । किनकि यो सबै यति छिटो भयो कि कसैले केही सोच्नसमेत पाएनन् । त्यसैले इजरायली मिडियाले यो आक्रमणलाई आश्चर्यजनक भनेका छन् ।

किबुज क्षेत्रमा रहेको एक कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे । नेपालबाट गएका कृषि प्रशिक्षार्थीलाई एकै ठाउँमा राख्ने गरिएको छ । सीमा नाघेर हमास आक्रमणकारी बन्दुक र बमसहित किबुज क्षेत्रमा पसे ।

गाजाबाट आक्रमण भएलगत्तै इजरायलको अलर्ट साइरन (खतराको सङ्केत गर्ने बाजा) बज्यो । यही बेला किबुजका १७ नेपाली विद्यार्थी एक बंकरभित्र छिरे । उनीहरू सबै एउटै बंकरमा थिए । यो बंकर जमिनमुनिको नभएर एक घरको कोठामा थियो । सामान्यतया घरको बंकर पनि निकै सुरक्षित हुन्छ, किनकि कोठाको सम्पूर्ण संरचना फलामले बनेको हुन्छ ।

यहाँसम्म ठीकठाकै थियो । बाहिर हमास लडाकु ग्रिनेट र बन्दुक लिएर घुमिरहेका थिए । ‘यही बेला साथीहरूले बंकरभित्र म्युजिक बजाए । आवाज ठूलै भएकाले बाहिर सुनियो होला । एकैछिनमा बाहिरबाट एउटा ग्रिनेट (बम) आयो तर एउटा साथीले त्यो टिपेर उतै फालिदियो । फेरि अर्को ग्रिनेट आयो, त्योचाहिँ पड्केको हो’, सो घटनामा घाइते भएका धनबहादुर चौधरीले भने । उनी अहिले उपचाररत छन् ।

त्यसपछि माहोल एकाएक भयभित बनेको चौधरीले बताए । खासमा १० नेपाली विद्यार्थीको मृत्यु हिजै भएको उनको भनाइ छ । तर, आज मात्र तेलअभिवस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

sagarmathakeystoneglobalnetwork
हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया ३ का आशीष चौधरी, दार्चुला लेकमा- ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन- ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, धनुषा सपाही- ६ का आनन्द साह, सुनसरी मधुवन- १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली- ३ का राजन फुलारा, डोटीकै लमिखाल- ८ का पदम र सल्यान सारदा- ३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा- २ का विधान सेजवाल, दाङ दङ्गिशरण- ३ का प्रवीण डाँगी, कैलाली टीकापुर- ९ का धनबहादुर चौधरी, गोरखा- ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त ३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी- १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती- ४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।

१७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मध्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको एनआरएनए इजरायलका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टीकापुर बहुमुखी क्याम्पस) का रहेको बताइएको छ ।

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।

 

हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)

मध्यपूर्वमा खतराको घण्टीः हमासको आक्रमणमा मारिने इजरायलीको संख्या ३०० पुग्यो, १५ सय घाइते
इजरायलबाट नेपाली भन्छन्, ‘हमासले बम हानेको हान्यै छ, राति त रकेटले आकाशै छेक्याे’
इजरायलमा बस्ने अरबीकाे चीत्कार, ‘उनीहरूले हामीलाई मान्छे गन्दैनन्, हाम्रो मस्जिद नै कब्जा गरेका छन्’
इजरायलमा रहेका १२ नेपाली विद्यार्थीमध्ये केही सम्पर्कमा छैनन्, केही हताहत भएकाे हुनसक्छ- परराष्ट्रमन्त्री
हमासका प्रवक्ताले भने, ‘इजरायलमाथि हमला गर्न हमासलाई इरानकाे मुख्य साथ छ’
गाजापट्टीमा इजरायलको जवाफी आक्रमण, २ सय ३० को मृत्यु, १ हजार घाइते
कुनै पनि नेपाली हमासकाे अपहरणमा परेका छैनन्: एनआरएन इजरायल
इजरायललाई अर्को चुनौती, लेबनानका हिजबुल्लाहले पनि इजरायलमा आक्रमण थाल्यो
इजरायल–हमास संघर्षमा मारिए एक कम्बोडियाली विद्यार्थी
२ सय ५६ प्यालेस्टाइनी मारिए : हमास
हमासका प्रवक्ताले भने, ‘इजरायलमाथि हमला गर्न हमासलाई इरानकाे मुख्य साथ छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved