Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विभिन्न सञ्चार सम्वद्ध संघ-संगठनहरुले कान्तिपुर विरुद्ध आन्दोलन गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 8, 2023
0 shares

काठमाडौं। सञ्चार सम्वद्ध विभिन्न‘संघ-संगठनहरुले कान्तिपुरको श्रमजीवीविरुद्ध संयुक्त संघर्ष समितिको नाममा आन्दोलनको थाल्नुपर्ने बताएका छन् ।

श्रमजीवी पत्रकार संघ, नेपालको आयोजनामा आइतवार भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न संगठनका नेताहरुले भने, “दशैंको मुखमा आफूलाई स्थापित मिडिया दावी गर्ने कान्तिपुरले यो हदसम्मको अन्याय किन सहने ? संयुक्त आन्दोलनमा जाऔं ।”

श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अन्तरक्रियाको शुरुमै “सञ्चार क्षेत्रका श्रम समस्या र समाधानको बाटो” विषय समेटिएको संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका थिए ।

श्रमजीवीले न्याय नपाउनुका सात वटा कारणसहित प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै सहभागी पत्रकारका नेता तथा श्रमजीवीहरुले संयुक्त आन्दोलनमा जान ढिलाई गर्न नहुने धारणा राखे ।

प्रेस चौतारी, नेपालका महासचिव हिरामान लामाले साहुहरु श्रमजीवीलाई दशैं मान्न दिंदैनन् भने श्रमजीवीहरुले पनि साहुहरुलाई कुनैपनि हालतमा दशैं मान्न दिन नहुने र आन्दोलन चर्काउनुपर्ने बताए । “जोसुकैले नेतृत्व गरेपनि हुन्छ, अब ढिला नगरौं, कान्तिपुरको ज्यादतिविरुद्ध आन्दोलनमा होमिऔं,” महासचिव लामाले भने ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले सँधै अधिकारका लागि मात्र लडिरहनुपर्ने स्थितिका अन्त्य गर्ने गरी निणार्यक संघर्षको लागि आव्हान गरे । सरकार, सञ्चार व्यवसायी, र सरोकारवालासहितको संयुक्त छलफल हुन नसकेकाले पनि समस्या बल्झिएको बताउँदै पौडेलले साहुहरुलाई बाध्य पार्न आन्दोलनको विकल्प नरहेको बताए । “प्रेस सेन्टर नेपाल, श्रमजीवीका लागि सँधै अग्रभागमा उभिएको लडिरहेको छ, अब संयुक्त स्वरुपमा भएपनि न्यायिक आन्दोलनमा उत्रिन ढिला भइसकेको छ, ’” उनले भने ।

समाजवादी प्रेस संगठनका उपाध्यक्ष कृष्ण गौतमले हामीले पटक–पटक लड्नुपर्ने स्थितिको अन्त्य गरेर मिडिया व्यवस्थापकहरुका विरुद्ध निर्णायक आन्दोलनमा होमिनुपर्ने धारणा राखे । श्रमजीवी–पत्रकार संघ, नेपालका सल्लाहकार तथा २७ वर्ष काम गरेका पूर्व कान्तिपुरकर्मी गोपाल तिवारीले श्रमजीवीहरु अब पनि डराइरहने हो भने साहुहरुले अझै पिल्सिरहने भएकाले अधिकारका लागि भित्रैदेखि आन्दोलित हुन सुझाए ।
संघका कानुनी सल्लाहकार उमाकान्त युकेले कानुनको पालना नगर्ने मिडिया हाउसलाई सरकारले कानुनको दायरामा ल्याउनैपर्ने बताए ।

“कानुनले भन्छ, ऐन कार्यान्वयन नगर्ने हाउसलाई ऐनको दफा ३३ (क) बमोजिम कच्चापदार्थमा रोकावट, सरकारी सेवासुविधामा रोक लगाउने र बैदेशिक सद्भाव भ्रमणमा सहभागी नगराउनेलगायतका कारवाहीको व्यवस्था छ तर किन हुँदैन ?” वकिल उमाकान्तले प्रश्न गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा पूर्व कान्तिपुरकर्मी लभदेव ढुंगानाले छिटो संघर्षका कार्यक्रम तय गरेर संयुक्त आन्दोलनका लागि सरोकारावालाहरु होमिन ढिला भइसकेको बताए ।

कार्यक्रममा संघका महिला विभाग सयोजक मनिषा अवस्थी, इमेजका महासंघ अध्यक्ष सुनिल कान्तिपुरबाट निष्काशित पत्रकार तथा श्रमिकहरु शिवप्रसाद काफ्ले, दामोदर न्यौपाने, पूर्व कान्तिपुरकर्मी श्यामकृष्ण पुडासैनी, पत्रकार ज्ञानु घिमिरेलगायतले सञ्चार क्षेत्रका श्रम समस्या र समाधानका लागि आन्दोलन एकमात्र विकल्प भएको धारणा राखेका थिए ।

अन्तरक्रियामा बुँदागत गरिएका समस्याहरु
के छ समस्या ?

@ श्रमजीवी पत्रकारसम्बन्धी ऐन-नियमावली विपरीत कम्पनी विनियम बन्नु ।

@ नियुक्तिपत्रै नदिनु, दिए पनि नियमविपरीत शर्तहरु राख्नु ।
@ ऐन कार्यान्वयन नगर्ने संस्थालाई कारबाहीको स्पष्ट व्यवस्था नहुनु, भएको सामान्य व्यवस्था ऐनको दफा ३३ (क) बमोजिम कारबाही गर्न नसक्नु ।

@ २०६५ यताका सरकार अस्थिर हुनु, जसका कारण दृढतापूर्वक कानुन कार्यान्वयन नहुनु ।
@ समयसापेक्ष ऐन कानुन संशोधन÷परिमार्जन नहुनु ।
@ सञ्चार सम्बद्ध संघसंस्थाको दबाब नपुग्नु ।
@ सम्पादन विभागको स्वतन्त्रता खोसेर सूचनालाई सम्प्रेषणभन्दा व्यापार गर्न व्यवस्थापन पक्ष उद्दत हुनु ।
@ श्रमजीवी र पत्रकारहरु टे«ड युनियन अधिकारको प्रयोग गर्न सक्षम नहुनु ।

समाधान कसरी ?
सामान्यतः माथि किटान गरिएका समस्यालाई हल गर्न सरकार र सरोकारवालाहरुले पहल लिएमा समाधानको बाटो खुल्छ भन्ने श्रमजीवी–पत्रकार संघ, नेपालको ठहर हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved