Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फेरि माग्यो इजरायलले २३ सय नेपाली श्रमिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 8, 2023
[webverse_shares]

काठमाडौं । औसतमा एक लाख ६५ हजार खर्च गरेर श्रमिकले मासिक न्यूनतम करिब दुई लाख पारिश्रमिक पाउँछन्  । इजरायलले दुई हजार तीन सय नेपाली श्रमिकको माग गरेको छ । यसअघि केयर गिभरका रूपमा एक हजार एक सय नेपाली श्रमिक गएर इजरायलमा काम गरिरहेका छन् ।

इजरायलले सरकारीस्तरमै श्रमिक लैजाने सम्झौता छ । सोही सम्झौताअनुसार एक हजार तीन सय केयर गिभर र एक हजार कृषि श्रमिकका रूपमा लैजाने प्रस्ताव नेपालसमक्ष गरेको हो ।

इजरायलले माग गरेको दुई हजार तीन सयमध्ये केयर गिभरका एक हजार तीन सय श्रमिक तत्काल नै पठाउन प्रक्रिया सुरु गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोख्रेलले जानकारी दिए । माग भएका कामदार पठाउने विषयमा मन्त्रालय र इजरायलका अधिकारीबीच पहिलो चरणको वार्तासमेत सकिएको उनले बताए ।

‘दुई देशका अधिकारीबीचको वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ । अब तिहारलगत्तै केयर गिभरका लागि माग भएको एक हजार तीन सय श्रमिक इजरायल पठाउनका लागि आवश्यक प्रक्रिया सुरु गर्छौँ,’ पोख्रलले भने ।

इजरायलमा विभिन्न देशबाट आपूर्ति गरिएका कामदारमध्ये रोजगारदाताहरू नेपाली श्रमिकबाट खुसी भएकाले माग थपिएको महाशाखा प्रमुख प्रोख्रेलले बताए । ‘नेपालीको स्वभाव र काम गर्ने तरिकाबाट इजरायली रोजगारदाता कम्पनी खुसी भएको पाइयो,’ उनले भने ।

मन्त्रालयले इजरायलको केयर गिभरको भर्ना प्रक्रिया यसपटक सहज बनाउने योजना बनाएको छ । आवेदक संख्या धेरै हँुदा भौतिक रूपमा परीक्षा धेरै कठिनाइ हुने गरेको मन्त्रालयको अनुभव छ । त्यसैले यसपटक भाषा परीक्षालाई सहज बनाउन अनलाइनमार्फत परीक्षा लिइने प्रोख्रेलले बताए । ‘यसअघिको भाषा परीक्षामा हामीलाई धेरै कठिन भयो । सबैको भौतिक उपस्थितिमा परीक्षा लिँदा धेरै समय खर्च गर्नुप-यो । त्यसैले यसपटक सहज प्रक्रिया अपनाउनेछौँ,’ उनले भने ।

दुई वर्षअघि इजरायलले पहिलोपटक एक हजार एक सय केयर गिभरको माग गरेको थियो । त्यतिखेर करिब १० हजारजनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येमा पाँच हजार चार सय ९९ पुरुष र चार हजार दुई सय महिला थिए । इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष कामदारको माग गरेको थियो । अवेदकमध्ये योग्य श्रमिकहरू विभिन्न चरण गरेर तीन महिनाअघिसम्म इजरायल पुगेका छन् ।

सामान्य लागतमा आकर्षक कमाइ हुने भएकाले पछिल्लो समय इजरायलको रोजगारीमा आकर्षण बढ्दै गएको छ । इजरायल रोजगारीका लागि करिब एक लाख ६५ हजार लागत तोकिएको छ । यो खर्च श्रमिक आफैँले व्यहोर्नुपर्नेछ । जसमध्ये जहाज टिकटका लागि करिब एक लाख ४० हजार रुपैयाँ, पासपोर्ट खर्च पाँच हजार, अभिमुखीकरण तालिम र मेडिकलका लागि १० हजार रुपैयाँ तोकिएको छ । तर, जहाज टिकटको मूल्य तल–माथि हुँदा श्रमिकले सोहीअनुसार भुक्तानी गर्नुपर्नेछ । साथै, कल्याणकारी कोषमा दुईवर्षे भिसाका लागि एक हजार पाँच सय र तीनवर्षे भिसाका लागि दुई हजार पाँच सय लाग्नेछ । यसका साथै अब जाने नेपाली श्रमिकले सामाजिक सुरक्षा कोषका लागि दुई हजार रुपैयाँ पनि भुक्तानी गर्नुपर्नेछ । इजरायल रोजगारीमा जाने श्रमिकले मासिक १६ सय डलर अर्थात् करिब दुई लाख रुपैयाँ पारिश्रमिक पाउँछन् ।

नेपाल र इजरायलबीच १४ असोज ०७७ मा श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा केयर गिभरमा कामदार पठाइएको छ । इजरायल रोजगारीमा रोजगारदाता र श्रमिकबीच पहिलोपटक एक वर्षका लागि सम्झौता हुने गरेको छ । तर, रोजगारदाताले चाहेमा पाँच वर्षसम्मका लागि सम्झौता विस्तार गर्न सकिने सर्त राखिएको छ ।

कृषि श्रमिक पठाउने टुंगो छैन

इजरायलले कृषि श्रमिकका लागि माग गरेको एक हजार श्रमिक पठाउने विषयमा भने श्रम मन्त्रालय टुंगोमा पुगेको छैन । कृषि श्रमिक पहिलोपटक माग भएको र केयर गिभरको जस्तो सामाजिक सुरक्षाको ग्यारेन्टी नभएकाले श्रम मन्त्रालयले एक समिति निर्माण गरी अध्ययनसमेत गरेको छ ।

इजरायलमा नेपाली श्रमिक कृषि क्षेत्रका लागि पठाउनु उपयुक्त हुन्छ वा हुन्न भन्ने विषयमा अध्ययन भएको पोख्रेलले बताए । अध्ययनपछि श्रम मन्त्रालय र इजरायल सरकारबीच एकपटक छलफलसमेत भएको थियो ।

तर, यस विषयको टुंगो भने लागिसकेको छैन । कृषि क्षेत्रका लागि आवश्यक श्रमिकको मापदण्डका विषयमा इजरायलले औपचारिक रूपमा नबोलेको श्रम मन्त्रालयले जनाएको छ ।

केयर गिभरको योग्यता

इजरायल जान चाहने नेपाली श्रमिकले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार इजरायल जान चाहने कामदारले सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमसमेत लिएको हुनुपर्नेछ ।

त्यस्तै, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गर्नेले समेत इजरायलमा केयर गिभरका लागि काम गर्न आवेदन दिन सक्ने निर्देशिकामा उल्लेख छ । कामदार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । कम्तीमा १ दशमलव ५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ ।

एकपटक इजरायल गई काम गरेको कामदार दोस्रोपटक जानका लागि भने योग्य हुनेछैन । साथै बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोवास गरेको वा कार्यरत रहेको कामदारले पनि इजरायलका लागि आवेदन दिन पाउनेछैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved