Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आठ बर्ष अघि यूएई पुगेका घनेन्द्रकाे खोजिगरी सहयोग गरिदिन बृद्ध बुवाआमाको सबैलाई आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 8, 2023
90 shares
 कृष्ण कुँवर, झापा । वैदेशिक रोजगारीका लागि आठ वर्षअघि यू.ए.ई. पुगेका घनेन्द्र श्रेष्ठ ७ बर्ष देखी परिवारको सम्पर्कमा छैनन् । बुबा वीरबहादुर र आमा फुलमाया श्रेष्ठले आफ्नो छोरालाई खोजिगरी दिन सबैलाई याचना गरेका छन् । घनश्याम उनीहरुका साइला छोरा हुन् जसलाई घरमा सानु भनेर बोलाउने गर्थे । ७ वर्षसम्म छोराको कुनै अत्तोपत्तो नभएपछि बृद्ध भएका बाबुआमाले आफ्नो छोरालाई खोजिदिन आग्रह गर्दै वीरबहादुरले भने, “छोरो सम्पर्क बिहिन् हुँदा सारै बेचैन् भएको छु।
परिवारको सम्पर्कमा आए हुन्थियो ।” आमा फुलमायाले आँशु झार्दै भनिन् “एक् पटक छोरालाई देख्न मात्र पाएपनी स्वर्ग पुग्ने थिएँ, सायद छोरालाई देख्न पाईन्छ भनेर नै बाँचिरहेकी छु ।” फुलमायाले भनिन्, “मेरो छोरा हातले बनाएको जस्तो राम्रो थियो । सबैसँग मिल्ने मिलनसार थियो । रक्सी र चुरोट खाएको कहिले थाहा पाईन । उसलाई गर्भमा राखें, हुर्काएँ, बढाएँ, उस्को हर कुराको मलाई याद छ । घरको, खेतको हरेक काम गथ्र्यो तर पढ्न चाहिं मन गरेन, धेरै पढेको छैन । आमालाई एकछिन् नदेख्दा आमा खोज्ने, आमालाई धेरै सम्झने मेरो छोरा हो, अहिले हामीलाई बिर्सेछ । सम्पर्क सम्म पनि गरेन । एक पटक मात्र सम्पर्कमा आईदिएर फर्किय हुन्थियो ।” वेपत्ता भएका घनेन्द्रकाे श्रीमती बिष्णु श्रेष्ठ (घरमा बोलाउने नाम चन्द्रा) र एक ९ बर्षको छोरा पनि छन् ।
श्रीमान् सम्पर्क बिहिन हुँदा चिन्तित् भएर १ बर्ष अघि कुवेत पुगेकी चन्द्राले सासुलाई औधी माया गर्छिन्, सम्पर्क गरिरहन्छिन् । सासुलाई भन्छिन्, ‘यत्रो बर्ष यसरी हराएर सम्पर्कमा नआएका श्रीमान् सँग अब कसरी घरबार होला र ? सानो छोराले सँधै बुवा कहिले आऊनुहुन्छ भन्दै सोधि रहन्छ ।’ आमा फुलमायाले रुँदै भनिन्, “मेरो नातिले बुवा आमाको माया पाएन ।” घनश्याम श्रीमान् श्रीमतिको बीचमा कुनै मनमुटाव थियोकी ? भन्ने प्रश्नमा आमा फूलमाया भन्छिन्, “हाम्रो आँखाले देखेन, हाम्रो अगाडि झगड़ा गरेनन् उनिहरुको भित्र केहि थियो भनें म जान्दिन ।” झापाको बिर्तामोड ७ बाह्रघरे देउनिया पूल चन्द्रगढ़ी जाने बाटोको नजिकै घर भएका घनश्याम श्रेष्ठ बिगत सात बर्ष देखी यूएईमा सम्पर्क बिहिन् हुँदा सबै परिवार चिन्तित् छन् ।
भाउजु तारा श्रेष्ठ भन्छिन्, “उहाँले टमाटरहरु, खुर्सानीहरु टिप्ने काम् गर्नुहुन्थियो भन्नुहुन्थियो । कुनै समस्या भएर होकी बाध्यता र परिस्थितिले होकी किन हो, समस्या भए हामीले पनि सहयोग गर्थेऊँ, एक पटक घरमा फर्किए हुन्थियो ।” आमा फुलमायाले भनिन्, “यो समाचार हेरेर छोरा घनेन्द्र आफै सम्पर्कमा आईदिए, नेपाली दुतावासले सहयोग गरिदिए, सबै नेपाली दाजुभाई दिदीबहिनीले, नेपाली संघ संगठन्, समाजहरुले खोजिदिन सहयोग गरिदिएर उसलाई देख्न, भेट्न पाए धेरै खुशी हुनेथिएँ ।” कसैले देखे भेटमा बुवा वीरबहादुर श्रेष्ठलाई मोबाइल नम्बर ९८२४९४०८८४, भाउजु तारा श्रेष्ठलाई ९८२४९४०८८६ अथवा युएईमा पत्रकार कृष्ण कुँवर को सम्पर्क नम्बर ९७१–५५१५१०७४० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved