काठमाडौं । दाङमा श्रीमान श्रीमती मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ९, बेलुवामा २७ वर्षीय सुशील भण्डारी र उनकी श्रीमती पवित्रा डाँगी मृत फेला परेका हुन् । दाङको तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरू मृत भेटिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।
सल्यान त्रिवेणी गाउँपालिका ४ फलावाङ स्थायी ठेगाना भएका उनीहरूमध्ये भण्डारी झुन्डिएको र डाँगी खाटमा पल्टिएको अवस्थामा मृत फेला परेका हुन् ।
भित्रबाट चुकुल लगाइएको हुनाले श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । तथापि खुलि सकेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।