Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बहुदलीय प्रजातान्त्रिक सासनको हत्यारा राजा महेन्द्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 2, 2023
203

बहुदलीय प्रजातान्त्रिक सासनको हत्यारा राजा महेन्द्रले दुर्गानन्द झाको पनि हत्या गरे। कुरा बिक्रम सम्बत २०१७ साल पुस १ गतेको समय हो,तत्कालीन समयमा राजा थिए महेन्द्र साह १०४ बर्षिय जहानिया निरंकुस कुलिनतन्त्रात्मक राणा सासनको अन्त भएर देसमा प्रजातान्त्रिक सासन प्रणाली लागू भएको १० बर्ष पूरा हुने क्रममा थियो।देसमा प्रजातान्त्रिक सासन लागू भएर १० बर्ष पूरा नहुदै तत्कालीन दरबारिया सासक राजा महेन्द्रलाइ बहुदलीय प्रजातान्त्रिक सासन प्रणाली भन्दा दरबारिया एकल कुलिनतन्त्रात्मक सासन प्रणालीलाई नै निरन्तरता दिने सोचका साथ दलिय प्रजातान्त्रिक धारका पार्टी नेता सबैलाइ जेलमा कोच्दै बिक्रम सम्बत २०१७ साल पुस १० गतेका दिन एकल दरबारिया कुलिनतन्त्रात्मक पन्चायती सासनलाइ निरन्तरता दिए तत्कालीन राजा महेन्द्रले।जब देसमा राजा महेन्द्रले प्रजातान्त्रिक सासन प्रणालीको हत्या गरि एकल दरबारिया कुलिनतन्त्रात्मक पन्चायती शासन लागू गरे तब जताततै पन्चायती सासन प्रणालीको बिरोध हुन थाल्यो,बहुदलीय प्रजातान्त्रिक धारका नेताहरु जेलमा थिए,कति नेताहरु भागेर भारत पुग्न सफल भएका थिए।

बहुदलीय प्रजातान्त्रिक सासन प्रणालीको हत्यारा राजा महेन्द्र माथी बम प्रहार।
कुरा बिक्रम सम्बत २०१८ साल माघ ९ गतेको हो,सोही दिन तत्कालीन राजा महेन्द्र माथी जनकपुरमा अवस्थित जानकी मन्दिर नजिकै बम प्रहार भएको थियो,बम प्रहार गर्ने ब्यक्ति थिए १९ बर्षिय किशोर दुर्गानन्द झा।स्मरण रहोस दुर्गानन्द झा प्रजातान्त्रिक सासन प्रणाली प्रेमी थिए र एकल दरबारिया कुलिनतन्त्रात्मक सासन बिरोधी थिए।बिक्रम सम्बत २००७ सालको समयमा आफुलाइ गोलिको मोहोडामा राखेर १०४ बर्षिय एकल निरंकुस कुलिनतन्त्रात्मक सासनको अन्त गरि प्रजातान्त्रिक प्रणाली स्थापना गरेका थिए राजनीतिक पार्टीहरुले,पछिल्लो समय अर्थात उहि प्रजातान्त्रिक प्रणाली धारका पार्टी नेताहरुलाइ झुटो आरोप लगाउदै राजा महेन्द्रले सबैलाइ जेलमा कोचिदिए र देसमा फेरि पनि उहि एकल दरबारिया कुलिनतन्त्रात्मक राणा सासन प्रणालीको झल्को दिने गरि एकल दरबारिया कुलिनन्त्रात्मक साह वंसिय पन्क्याती शासन लागू गरे,देसमा एक जाती आर्य,एक धर्म हिन्दु धर्मको नामबाट चल्न थाल्यो,अरु जाती,भाषा र धर्म आस्थाका ब्यक्तिहरु दमन शोषणमा परेको त्यो कहाली लाग्दो अवस्थालाइ १९ बर्षिय किशोर दुर्गानन्द झा लाई मन नपरेको कारण प्रजातान्त्रिक प्रणालीको हत्यारा राजा महेन्द्र माथी बम प्रहार गरेका हुन।

बम प्रहार गर्ने दुर्गानन्द झा लाइ प्रजातान्त्रिक सासन प्रणालीका हत्यारा राजा महेन्द्रको आदेसमा हत्या गरियो।
दुर्गानन्द झा ले बिक्रम सम्बत २०१८ साल माघ ९ गतेका दिन तत्कालीन राजा महेन्द्र चढेको गाडी माथी बम प्रहार गरे लगतै सेना प्रहरीको आँखा छलेर भागेर भारतमा रहेका पन्चायती सासन प्रणाली बिरोधी ससस्त्र क्याम्पमा पुगे त पनि पछिल्लो समय सुराकीको माध्यमबाट तत्कालीन सामन्ती दरबारिया सासकहरुले पक्राउ गरि एकरात जलेश्वर सैनिक क्याम्पको जेलमा एकरात राखेसगै हेलिकप्टरमा हालेर काठमाडौमा अवस्थित सुनधारा भद्रगोल जेलमा कोच्ने काम भयो।जब १९ बर्षिय किसोर दुर्गानन्द झा लाई सुनधारा भद्रगोल जेलमा कोचियो तब बिक्रम सम्वत २०१९ भदौ १९ गतेका दिन तत्कालीन दरबारिया सरकारले दुगानन्द झा लाई फासीको सजाय दिने आदेस सुनाइदियो।जब दुर्गानन्द झा लाई तत्कालीन एकल निरंकुस दरबारिया कुलिनतन्त्रात्मक पन्चायती सासक प्रमुख राजा महेन्द्रसग पटक पटक दुर्गानन्द झा लाई बचाइपाउ भनी बिन्ती गर्दा पनि तत्कालीन राजा महेन्द्रले त्यो बिन्तिको बेवास्ता गरिदिएसगै बिक्रम सम्वत २०२० साल माघ १५ गते राती २१ बर्षको उमेरमा दुर्गानन्द झा लाई मृत्यु दण्ड दिएर हत्या गर्ने काम भयो।

नोट:-स्मरण रहोस कि,दुर्गानन्द झा को जन्म बिक्रम सम्बत १९९९ साल बैशाख १४ गतेका दिन धनुषा जिल्लामा भएको थियो र उनको आमाको नाम सुकुमारी झा र बुबा देबनारायण झा हो।दुर्गानन्द झा सानो छदा नै बुबाको मृत्यु भएपछि भारतमा बसेर पढदै थिए भने नेपालको तत्कालीन पन्चायति क्रुस सासन प्रती दुर्गानन्द झा खुसी थिएनन।दुगानन्द झा सानै उमेर देखि चेतनसिल युबा थिए,देसको भबिस्य प्रति निकै चन्तित थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved