काठमाडाैं । खोटाङ र उदयपुरका दुई राई पत्रकार काठमाण्डौँमा पुरस्कृत हुनुभएकाे छ । किरात पत्रकार संघको १६ औँ स्थापना दिवसको अवसरमा क्रियाशील ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, संघका अध्यक्ष अवतार राईले उक्त पुरस्कार प्रदान गर्नु भएकाे हाे भने, पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेकाे थियाे ।
यायोक्खा अध्यक्ष हाताचो राईले प्रदेश १ मा पहिचानको आन्दोलन जारी रहेकोले सबै पक्ष गम्भीर हुनुपर्ने बताउनु भयाे । ‘कोशी नाम खारेजी र पहिचानको पुनः नामकरण आन्दोलन कुनै जाति विशेष होइन, संविधानले गरेको व्यवस्थाको पालनाका निम्ति हो,’ आन्दोलनको संयोजकसमेत रहेका राईले भने, ‘राजनीतिक दलहरू, तीनै तहका सरकार, जनसमुदायले बुझेर कार्यान्वयनमा लैजान जरुरी छ ।’
ओखलढुँगाका कुम्भराज राई कान्तिुपुरकर्मी हुनुहुन्छ भने गजेन्द्र राई रेडियाे नेपाल उदयपुर सम्वादाता हुनुहुन्छ्।