Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश २ मा विपक्षी गठबन्धनको वैकल्पिक सरकार बनाउने गर्नेतयारीमा उपेन्द्रसमुह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2021
870

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) दुई चिरा परेपछि केन्द्रकोे प्रभाव प्रदेश २ मा पनि देखिने भएको छ।

प्रदेश २ मा सबैभन्दा बलियो शक्ति रहेको जसपाको उपेन्द्र यादव पक्षले सत्ता समीकरणमा कांग्रेसको साथ खोजेपछि वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको हो।

जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका हुन्। कांग्रेसले भने आफ्नो संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सारेको छ। जसपाको उपेन्द्र यादवपक्ष र कांग्रेस सहमत भए त्यसमा माओवादीले अस्वीकार गर्ने परिस्थिति रहँदैन।

केन्द्रको समीकरण तथा संसदीय अंक गणितमा कमजोर रहेकाले माओवादीले स्वाभाविक रुपमा गठबन्धनको सरकारलाई स्वीकार्ने देखिन्छ। यद्यपि, केन्द्रकै गठबन्धन अनुसार सरकार गठन गर्ने भनिए पनि माओवादी केन्द्रसँग वार्ता अघि बढेको छैन।

नीति तथा कार्यक्रम र बजेट पारितपछि प्रदेश २ मा नयाँ सरकार बन्ने सम्भावना बढेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षधर लालबाबु राउत प्रदेश २ मा मुख्यमन्त्री छन्। केन्द्रमा विग्रह आए पनि प्रदेश सरकारको मन्त्रिमण्डल तत्काल परिवर्तन गर्ने मनशायमा राउत देखिएका छैनन्।

केन्द्रीय राजनीति हाबी हुँदा उनले विकल्पको खोजी स्वाभाविक रुपमा गर्नेछन्। कांग्रेसले आफ्नो दलको नेतृत्वमा सरकार बनाउने प्रस्ताव यादवसँग राखिसकेको छ। यादव र निधिको शुक्रबारको भेट सकारात्मक भएको बताइएको छ। जसपाको यादव पक्षसहित कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट सहज रुपमा बहुमतसहितको सरकार बन्न सक्छ। यादव पक्षको जसपाका ३०, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद प्रदेश सभामा छन्। महन्थ–राजेन्द्र पक्षका २५ सांसद छन्।

१०७ सदस्यीय रहेको प्रदेश सभामा ३ जना सांसद घटेका छन्। माओवादी केन्द्रले पार्टी परित्याग गरेका ३ जना सांसदलाई हटाएपछि प्रदेश सभामा १०४ सदस्य छन्।

बहुमतका लागि ५३ सांसद आवश्यक हुन्छ। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको महन्थ–राजेन्द्र पक्षको सत्ता गठबन्धन बने पनि प्रदेश २ मा ती शक्तिको सरकार बन्न सहज छैन।

तत्कालीन राजपाका २५ सांसद छन् भने एमालेका २१ सांसद छन्। सरकार बनाउन उक्त पक्षलाई ७ सांसद अपुग हुन्छ। कांग्रेस र माओवादी राजपा पक्षसँग भन्दा संघीय समाजवादी पक्षसँग नजिक छन्।

महन्थ–राजेन्द्र पक्ष मुख्यमन्त्री राउतको आगामी क्रियाकलापपछि आफ्नो रणनीति बनाउने ध्याउन्नमा छ। ‘हामी तयार छौं। मुख्यमन्त्रीको तर्फबाट फायर भयो भने हामी प्रतिफायर गरिहाल्छौं’, तत्कालीन राजपा पक्षीय सांसद मनिष सुमनले भने।

प्रदेश सरकारमा तत्कालीन समाजवादीबाट मुख्यमन्त्री राउतसहित ४ जना मन्त्रिमण्डलमा छन्। तत्कालीन राजपाका ३ मन्त्री छन्। ६ जना राज्यमन्त्री पनि भागबण्डामा टुंगाइएको थियो।

दुई दलको एकीकरण भएपछि ५५ सांसदसहित संसद्‌मा एकल बहुमत दाबी गर्ने दलका रुपमा जसपा पुगेको थियो। तर, पार्टी एकीकरणले अन्तिम रुप नपाउँदै जसपामा विग्रह निम्तिएपछि प्रदेश सरकारमा नयाँ विकल्पको खोजी सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved