Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामाजिक सद्भाव कायम राख्न ख्रीष्टियन महासंघको अपील , कान्तिपुरमा छापिएको सूचना निराधार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 25, 2023
534 shares

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपील गरेको छ । महासंघले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली संस्कार भएको तर पछिल्ला दिनमा असहिष्णुता फैलाउने प्रयास भइरहेको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिबी गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे । “सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मिक द्वन्द्व निम्त्याएर देशमा अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ” गहतराजले भने । उनले एक अर्काको धार्मिक आस्थामा आँच आउने खाले गतिविधि नगर्न समेत आग्रह गरे ।
त्यसैगरी अध्यक्ष गहतराजलाई हटाएको भन्ने हल्ला निराधार भएको पत्रकार सम्मेलनमा बताइएको छ ।अध्यक्ष गहतराजले पत्रकार सम्मेलनमा बोल्दै केही संचारमाध्यमहरुले गलत सन्देश प्रवाह गरेको भन्दै आपत्ति जनाए । उनले चरित्र हत्यामा संलग्न व्यक्ति र पत्रिकाविरुद्ध कानुनी बाटो रोज्ने चेतावनी समेत दिए । अध्यक्ष गहतराजले गत असोज ६ गते कान्तिपुर दैनिकले आफूलाई महासंघ अध्यक्षबाट पदमुक्त गरिएको भन्ने सूचना प्रकाशित गरेको र जुन गैरकानुनी र गैर न्यायीक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

गहतराजले सूचना प्रकाशित गर्नुपूर्व कान्तिपुर जस्तो चर्चित मिडियाले वास्तविकता के हो भनेर सोचविचार नगरि पैसा कै भरमा चरित्र हत्या गर्नु गलत भएको बताए । ‘कान्तिपुरलाई काति पैसा चाहियो म दिन्छु कैलाश सिरोहियालाई कन्तिपुरले गहतराजलाई  हटाईएको छ भनेर के छाप्नु हुन्छ’ उनले प्रश्न गरे ।

एकपछि अर्को गैर कानुनी गतिविधी गर्ने उद्धव प्रसाद चिमौरिया लगायतलाई महासंघबाट हटाएको झोकमा कान्तिपुरमा गलत सूचना प्रकाशित गरेर ती व्यक्तिहरुले अर्को भूल गरेको र उनिहरुलाई ठिक पार्न कानुुनी बाटो रोजेको पनि उनले बताए ।

साथै अर्को प्रसंगमा अध्यक्ष गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे । ‘सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मीक द्वान्द निम्त्याएर देशमा अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ ।

महासंघ उपाध्यक्ष तुलसि प्रसाद श्रेष्ठले देशमा धर्म निरपेक्षता, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न विभिन्न व्यक्ति तथा समुदायहरु उद्दत रहेको बेला ख्रीष्टियन समुदाय भित्रकै मानिसहरु क्रिष्टीयन मुल्य मान्यता विरुद्ध लाग्नु दुःखत भएको धारणा राखे ।

कार्यक्रममा नेपाल प्रेर हाउस मिनिस्ट्री अध्यक्ष रेभरेन एल.एम जेम्स आलेले सम्पूर्ण ख्रीष्टियनहरु एक हुनु पर्नेबेला महासंघका प्रभावशाली नेतृत्व गहतराजको चरित्र हत्या गर्नु घृणित कार्य भएको धारणा राखे ।
महासंघका महासचिव अनिल राईले प्रेस वक्तव्य वाचन गर्दै ख्रीष्टियन मूल्य र मान्यता विपरित जानो र नेपाली समुदायलाई फूट पैदा गर्ने गलत व्यक्तिहरुलाई कानुनको कठघरमा उभ्याएर पाठ सिकाउनु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved