डिकेन्द्र बस्नेत,झापा। शुक्रबार अन्दाजी दुई बजेर ३० मिनेटको समयमा जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेचीपुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदैं गरेको जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजार बस्ने बर्ष २४ को उत्सब चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन १ ग्राम ५०० मिलिग्राम फेला परेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी हिजो ३ बजेको समयमा सोही स्थानमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २० को निर्दोस डाँगीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन १ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको छ ।
अनुसन्धानको क्रममा डाँगीकै साथी ऐ.बस्ने बर्ष २७ को साजन राजवंशी समेत संलग्न रहेको भनि खुलाएकोले निजलाई समेत खोजतलास गर्ने क्रममा ऐ.६ स्थित काँकरभिट्टा बजारमा फेला पारी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट समेत प्रतिबन्धित लागुऔषध खैरो हिरोईन ९०० मिलिग्राम फेला परेकोले निजलाई समेत नियन्त्रणमा लिई ३ जनालाई नै ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
