Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्तर धार्मिक धर्म गुरुहरु सँग गरे छलफल गृहमन्त्री श्रेष्ठले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2023
[webverse_shares]

काठमाडौं । बिगद केहिदिन देखि नेपालकाे विभिन्न ठाउँमा भएकाे घटनाहरु र त्यसबाट आगामि दिनमा हुन सक्ने अन्य गतिविधिहरुलाई मध्यनजर गर्दै गृह मन्त्रालयले विभिन्न धर्मका धर्मगुरुहरु सम्मिलित छलफल कार्यक्रम सम्पन्न गरेकाे छ।

गृह मन्त्रालयकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि बी गहतराजले पछिल्लाे समय इसाई धर्मावलम्बी माथि अन्य धर्मका मानिसहरुबाट निर्देशित अराजक ब्यक्तिहरुबाट धार्मिक स्थलहरु ताेडफाेड, धर्म गुरुहरुमाथि हातपा तथा ज्यान मार्ने धम्कि दिँदा समेत स्थानिय प्रशासनले त्यस्ता ब्यक्तिहरुकाे पहिचानगरि कानुनि उपचार गर्न नसकेकाेले तत्काल यस्ता ब्यक्ति र समुहहरुमाथि कार्वाहि नभए त्यस्ताकाे मनाेबल बढ्ने जिकिर गर्नुभयाे।

हिजाेका दिनहरुमा झैँ सबै धार्मिक समुदायहरु आपसमा मिलेर आफ्नाे धर्मकाे संरक्षण तथा संवर्धान गरि आएका फरक फरक धार्मिक समुदायहरु बिच धार्मिक सद्भाव खलबलायर धमिलाे पानीमा माछा मार्न खाेज्ने केही तत्वहरुले गर्दा धार्मिक बिबाद भएकाे र त्यस्ता ब्यक्तिहरु कुनैपनि धार्मिक समुदायका नभएर अन्तर धार्मिक समुदायहरु बिचमा बिबाद निकालेर स्वार्थ पूरा गर्न उद्दत रहेकाेले यस्ताकाे बिरुद्ध सबै धर्मावलम्बीहरु मिल्नु पर्ने र सबै मिले मात्र देश रहने , देश रहेमात्र धर्म रहने समेत गहतराजले बताउनु भयाे।

उक्त छलफलमा सहभागी धर्म गुरुहरुलाई सम्वेधन गर्दै गृह मन्त्री नारायणकाजी श्रेष्ठले धर्मनिरपेक्षकाे अपव्याख्या नहुनेगरि आफ्नाे धर्मकाे प्रचार र बचाउगर्दा अर्काे धर्मका मानिसको अबमुलय हुने खाले गतिविधिमा कुनै पनि धर्मावलम्बीले गर्न नहुने बताउनु भयाे।

आफ्नाे परम्परागत संस्कृति जगेर्ना गर्नेक्रममा केही अराजक समुहहरुले राष्ट्रिय जनावर रमेत मानिआयकाे तथा हिन्दुहरुले माता समेत मानेकाे गाई खुलेआम काटेर खान्छाैँ भनेर राज्यलाई चुनाैति दिइरहँदा समेतसरकार मुकदर्शक भएर बसेकाे भन्दै हिन्दु धर्म गुरुहरुले गुनासाे पाेखेका थिए।

यस्तै मुस्लिम धर्मगुरुले सानाे समुहमा रहेर देशकाेमुल कानुनलाई पालना गर्दै आफ्नाे धार्मिक समुदाय पनि यहि देशकाे नागरिक भयकाे हुनाले अन्तर धार्मिक समुदाय मिल्नकाे विकल्प न रहेकाे हुँनले जनसंख्याकाे आधारमा ठुला मानिएका अन्य धार्मिक समुदायलाई ठुलाे दाजुकाे दर्जा दिँदै देशमा धार्मिक सहिष्णुता कायम गर्नमा राज्यलाई सहयाेग गर्ने बताए।

बुद्ध जन्मिएकाे देशमा शान्तिकाे दुख नहाेस भन्दै विभिन्न जातजाति धर्म सम्प्रदायका मानिसहरु रहेकाे नेपाल सबैकाे साझा सम्पति भएकाे हुँदा हामी अन्तर धार्मिक समुदायहरु मिलेर राज्यलाई सहयाेग गर्नु र त्यसका लागि बिगद बिर्सिएर आगामि दिनहरुमा धार्मिक युद्दमा देशलाई न धकेल्न बुद्धधर्मका गुरुहरुले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved