हिमांशु राय, मोरङ । प्रदेशकै राजधानी रहेको कोशी प्रदेश अन्तर्गत मोरङको विराटनगर महानगरपालिका लाई केन्द्र विन्दुमा राखी भोलि मिति २०८० असोज १ गते विहान ६ बजे बाट दुईमहिना सम्मको लागि निषेधित क्षेत्र तोकि सुचना जारी गरिएको छ।
विगत केहि समय देखि विराटनगर महानगरपालिका मा विभिन्न समूह लगायत बाट विरोध ,धर्ना,जुलुस हरुको आयोजना गरि विरोध का कार्यक्रम हरु भईरहने र यस्ता गतिविधिहरु बाट शान्ति सुरक्षालाई मध्यनजर राखि भई परिआउने जोखिम र सुरक्षा समेतलाई सहज एंव सामान्य अवस्थामा राख्नको लागि जिल्ला सुरक्षा समिति मोरङले यस्तो निर्णय गरेको हो।
जारी सुचनामा उल्लेख गरिए अनुसार स्थानिय प्रशासन ऐन २०२८को दफा ६(३क) बमोजिम निषेधाज्ञा सुचना जारी गरिएको हो।
जारी सुचनामा भनिएको छ जारी सुचना आदेशलाई उलंघन गरी निषेध गरिएका कार्यहरुमा सहभागी भएको पाईएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने ब्याहोराको सुचनामा निषेधित क्षेत्र कायम गरिएका महानगरपालिका भित्रका विभिन्न क्षेत्रहरु समेतलाई उल्लेख गरिएको छ।

