भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ बृहस्पति मार्गमा ७ वर्षीय एक जना बालकको खसेर मृत्यु भएको छ ।
स्थानीय सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेबिट डायमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
अछाम मेल्लेख गाउँलिका घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेबिट डायमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।
सोही घरको कम्पाउन्डमा बारेको फलामको बारमा पर्न जाँदा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ