हिमांशु राय,माेरङ।
चर्चित साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको ११०अैा जन्मजयन्ती ऐतिहासिक धरोहर को रुपमा रहेको विराटनगरको कोईराला निवासमा सम्पन्न भएको छ। नेपाली लेखक संघ मोरङ द्वारा आयोजित ११० अैा वि. पि.जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमहरु गरेर मनाईएको छ।
ईटहरी,दुहबी,झोडाहाट,दर्वेशा, लगायत सुनसरी र मोरङका विभिन्न स्थान बाट उपस्थित कवि तथा साहित्यकारहरुले आ आफ्नो साहित्य सिर्जनाहरु मार्फत स्वर्गीय कोईरालालाई संम्झिए।
विराटनगर महानगरपालिका का मेयर नागेश कोईरालाको प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा अतिथि तथा उपस्थिति साहित्यकार हरुले विश्वेश्वरप्रसाद कोईरालाको साहित्यिक तथा राजनीति पाटोको चर्चा परिचर्चा गरे।कार्यक्रममा महाननगरका मेयर नागेश कोईराला ले वि.पि. कोईराला लाई जन्म जयन्ती र स्मृति दिवशमा मात्र होईन तर हरेक दिन संम्झनु पर्नेमा जोड दिए।
कार्यक्रममा साहित्यकार प्रध्यपक डाक्टर मेदनी प्रसाद शर्मा, प्रज्ञा विवश पोख्रेल,गंगा सुवेदी,नेपाली काङ्ग्रेस पार्टी मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी लगायतले स्वर्गिय कोईरालाको बहुआयामिक ब्याक्तित्वको विषयमा बोलेका थिए।
विश्वेश्वरप्रसाद कोईराला नेपाली साहित्यमा एक अग्रणी साहित्यकारका रुपमा परिचित छन्। कोईराला द्रारा लिखित एक दर्जन भन्दा बढि साहित्यिक संग्रह कृतिहरु आज पनि उत्तिक लोकप्रिय र समय सान्दर्भिक छन्।
उनका उपन्यास हरुमा तीनघुम्ती, नरेन्द्रदाइ,मोदिआईन,यहुदी र हिटलर,बुबा आमा र छोरा,सुम्निमा आदि छन् भने चर्चित कथा हरु दोषि चश्मा स्वतभैरवी र शत्रु हुन्।
तत्कालीन पन्चायत विरोधी आन्दोलन मा सहादत प्राप्त गरेका दुर्गानन्द झा को जिवनीमा आधारित एक रात नाटक एकै रातमा लेखेर उनले उसताका सर्वाधिक चर्चा बटुल्न सफल भएका थिए ।उनको जिवनीमा जेल जर्नल,आफ्नो कथा,चर्चित छन्।यसरी नै उनका अन्य धेरै साहित्यिक सिर्जनाहरु ले नेपाली जनताका मन जितेकाछन्।
बहुमुखी प्रतिभा एंव बहुआयमिक ब्याक्तित्व उनी नेपाली र हिन्दी साहित्यका समेत ज्ञाता थिए भनिन्छ।
नेपालका २२ अैा प्रधानमंन्त्रीको रुपमा उनी पहिलो जन निर्वाचित प्रधानमंन्त्री थिए। स्वर्गीय कोईराला
नेपाली काङ्ग्रेस पार्टीका संस्थापक मध्येका एक थिए, नेपालमा राणा भगाअैा आन्दोलनको नेतृत्व उनले भारतको वनारसमा रहेर गरेका थिए।
उनका समकालीन सहयोगीहरुमा शुवर्ण शम्शेर राणा ,कृष्ण प्रसाद भट्टराई र गणेशमान शिंह श्रेष्ठ लगायतले देशमा प्रजातान्त्रीक आन्दोलनको अगुवाईको लागी नेपाली काङ्ग्रेस पार्टीको आस्था अंगालेर उनलाई ससक्त सहयोग गरेका थिए।
नेपाली लेखक संघ मोरङ जिल्ला अध्यक्ष दिङ्लाली कान्छो को अध्क्षयता मा सम्पन्न उक्त कार्यक्रमको बारेमा आफ्नो धारणा राख्दै उनले भने नेपाली लेखक संघ मोरङ ले यसरी उनको पुर्खौली घर जो राणा शासन विरुद्धको आन्दोलनको विगुल फुक्ने ऐतिहासिक निवास अर्थात कोईराला निवासमा उहाँको ११० अैा जन्मजयन्ती विविध साहित्यिक कार्यक्रम गरेर मनाउनु उहाँलाई स्मरण गर्नु मात्र नभएर गौरवको विषय र अर्थपुर्ण रहेको बताए।

