Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“छुवाछूत मुक्त राष्ट्र” घोषणामा सिमित नराखौं : तारा लामगादे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 4, 2021
144 shares
“छुवाछूत मुक्त राष्ट्र” घोषणामा सिमित नराखौं !
प्राप्त अधिकारको उपयोग गर्दै समतामूलक समाज निर्माणमा जुटौं !!

जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो ।

 

धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरेको व्यवस्था अन्ततः धर्म, संस्कृति र संस्कार बन्न पुग्यो । मानिसको चेतना, मानसपटल र भित्री हृदयमा नै जात व्यवस्था गाडिएको छ । यस व्यवस्थालाई परिवर्तन गर्न चानचुने बहस, छलफल र कार्यक्रमले सम्भव छैन । उत्पीडित समुदायले निकै ठूलो संघर्ष गर्नुपर्ने आवश्यकता छ । जातका आधारमा छुवाछूत तथा भेदभाव गर्न नपाउने व्यवस्थाका लागि नेपालमा ६ दशक लामो दलित आन्दोलन भएको छ ।

 

जात व्यवस्थाका प्रवर्तक राणाशासन र शाही शासनका विरुद्धमा भएका प्रजातान्त्रिक, लोकतान्त्रिक वा गणतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर होस् या संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि भएको सशस्त्र जनयुद्धको जगमा भएको ०६२६३ को महान जनआन्दोलन पश्चात गठन भएको अन्तरिम संसद जो चुनावबाट होइन आन्दोलनबाट गठन भएको थियो त्यस अन्तरिम संसदले अन्तरिम संविधानमा समेत उल्लेख गरी “छुवाछूत मुक्त राष्ट्र” घोषणा भएको दिनलाई सम्पूर्ण उत्पीडित जाति, दलित समुदायले हर्षोउल्लासका साथ मनाउनु भनेको मुक्ति दिवस मनाउनु हो । जुन दिन ७० लाख मानिसमाथिको विभेदको अन्त्य भएको घोषणा गरिएको थियो । छुवाछूत मुक्त राष्ट्र घोषणा भएकै आधारमा २०६८ मा छुवाछूत तथा भेदभाव विरुद्ध कसुर र सजाय ऐन बनेको हो ।

 

२०६८ सालमा जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको रुपमा मनाउने व्यवस्था सरकारले नै गरेको थियो, त्यसदेखि यता हरेक वर्ष जेठ २१ लाई आधिकारिक रुपमा “जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस”को रुपमा मनाइँदै आएको पाइन्छ । छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १५ वर्ष पुरा भइसक्दा पनि जातीय भेदभाव तथा छुवाछूतका घटना नरोकिएका कारण यो दिवस मनाउनुको औचित्य छैन भन्ने सवाल पनि उठेको छ । छुवाछूत ‘मुक्त’ भनेको छुवाछूत वा भेदभाव गर्न नपाउने वा बर्जित भनिएको हो, यदि भेदभाव वा छुवाछूत गरेमा दण्ड सजायको व्यवस्था हुन्छ । व्यवहारिक रुपमा जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न यस मुक्ति दिवसले सहयोग गर्नेछ । सम्पूर्ण उत्पीडित दलित समुदाय एक पटक फेरी एकताबद्ध भएर एकीकृत र निर्णायक आन्दोलन संघर्ष गर्न आवश्यक छ । त्यसको तयारीका लागि जेठ २१ लाई सबैले उपयोग गरौं । कम क्षतिमा दलित मुक्ति आन्दोलनलाई परिणाममुखी र मुक्ति पर्वका रुपमा अघि बढाऔं ।

 

जात व्यवस्थाको उत्पत्ति
भारतीय उपमहाद्धीप आजको भारतमा करिब ३५ सय वर्ष अघि वर्ण व्यवस्थाको जग हालिएको हो । त्यसैका आधारमा हिन्दु धर्मको मुल ग्रन्थ मध्ये सबैभन्दा पुरानो वेद ऋग्वेदको दशौं मण्डलको पुरुष सुत ९० ऋचामा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र उल्लेख गरिएको छ । वेदकै आधारमा करिब २२ सय वर्ष अघि रचित मनुस्मृति अध्याय–१ श्लोक ३ को २४१ मा शुद्रलाई सबैभन्दा बढि अपमानित गरिएर व्याख्या गरिएको छ । शुद्रलाई दानवका रुपमा घोषणा गरिएको छ । नेपालमा वि.सं. १४३६ मा जयस्थिति मल्ल ठकुरी वंश ले भारतबाट रघुनाथ झा, रामनाथ झा, किर्तिनाथ उपाध्याय, महिनाथ भट्ट र दक्षिण श्रीनाथ भट्ट यी ५ जना ब्राह्मणहरु झिकाई मनुस्मृति आधारित ४ वर्ण र १८ जातका आधारमा नेपालमा विभाजन गराइएको हो । विसं १८२५ मा श्री ५ पृथ्वीनारायण शाहले ४ वर्णलाई निरन्तरता दिँदै ३६ जातमा विभाजित गरे । वि.सं. १९१० मा श्री ३ जंगबहादुर राणाले लोकपाति झा र लेसपाति झालाई मनुस्मृति हिन्दु दर्शन मा आधारित ऐनको मस्यौदा बनाउन लगाएर लागु गरे । मुलूकी ऐन १९१० ले नै नेपालमा जातप्रथाको लिखित कानुन बनेको हो । वि.सं. १९०३ देखि २००७ सम्म जात व्यवस्था संस्थागत भयो । अहिले १२९ जात छन् । जात प्रथा हिन्दु धर्मको अभिषाप हो ।

 

दलित शब्द
नेपालका १२५ (हाल १२९) जाती मध्ये आर्थिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पछाडी पारिएको तराईका २१ र पहाडका ५ गरी २६ वटा जातिहरुको समुदाय दलित हो । दलित जात, थर वा वर्ग नभएर यो समुदाय हो । यो समुदायलाई दलित शब्दले सम्बोधन गर्नु अघि शुद्र, अछुत, पानी अचल, थी मज्यूँपी, कुजात, पउनी, परिगणित, अति पिछडा, हरिजन जस्ता शब्दले सम्बोधन गरिन्थ्यो । हिन्दु समाजमा वर्ण व्यवस्था अनुसार अछुत बनाइएका कथित तल्लो जातलाई भारतका ज्योती फुलेराओले सन् १८७३ मा पहिलो पटक दलित शब्दको प्रयोग गरेका हुन् । उनी भारतमा उत्पीडित जाति तथा महिला मुक्ति आन्दोलनमा चिन्तक सामाजिक–नागरिक अभियान्ता थिए । सन् १९२७ मा डा. भिमराव अम्बेडकरले दलित शब्दलाई राजनैतिक रुपमा स्थापित गरेका हुन् । वि.सं. २०२४ सालदेखि नेपालमा पहिलो पटक दलित शब्द प्रयोगमा आएको हो । दलित शब्द सामाजिक आन्दोलनको उपज र हिन्दु समाजमा अपहेलित जातिहरुको साझा नाम हो । यो संगठित शक्ति हो ।

संघर्ष र उपलब्धी
भारतमा २० करोड र नेपालमा ७० लाख मानिस अहिले पनि जात व्यवस्थाको शिकार बनेका छन् । नेपालमा राणा शासनको अन्त्यको लागि आन्दोलन चलिरँहदा २००४ सालदेखि दलित आन्दोलन शुरु भएको हो । वि.सं. २०२० सालमा छुवाछुत गर्न नपाईने कानून बनेको हो । २०४७ सालको संविधानले समानताको हक दिएको थियो । २०६३ जेष्ठ २१ मा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको थियो । २०६८ मा छुवाछूत तथा भेदभाव विरुद्ध कसुर र सजाय ऐन बनेको छ । २०७२ को संविधानले जातीय भेदभावलाई अन्त्य गरेर समावेशी सिद्धान्त अपनाएको छ । २०७४ सालको कानूनले जातीय छुवाछूतलाई फौजदारी अपराधका रुपमा लिई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवानको व्यवस्था गरेको छ ।

 

चुनौती
अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको उलङ्घन हुँदा कार्वाही कार्यान्वय गर्ने उत्तरदायी र जवाफदेही प्रशासनको अभाव छ । हिन्दु धर्मशास्त्रमा सुधार गर्ने र गलत परम्परा, कुसंस्कारको अन्त्य गर्ने संगठित शक्तिको अभाव देखिएको छ । धर्म, संस्कार, संस्कृतिका नाममा खेप्नु परेका पीडाबाट उन्मुक्ति खोज्न स्वतन्त्र बहस र तथ्यमा आधारित छलफल चलाउन सक्ने समूहको समेत अभाव छ । ऐन, कानून र संविधानमा उल्लेखित अधिकार कार्यान्वय गर्न÷गराउन राजनीतिक पार्टी, संघ, संस्था समाज र सरकार उदासिन देखिएका छन् । दलितका समस्या जातीय समस्या मात्र होइन सिंगो राष्ट्रको समस्या हो भन्ने बुझाई हुन नसक्नु अहिलेको चुनौती हो ।

 

निष्कर्ष
त्यसैले अब जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक समावेशीकरणको सिद्धान्त लागु गर्नुपर्छ । क्लबदेखि मन्त्री मण्डलसम्म दलितहरुको अनिवार्य सहभागिता गराउन क्षतिपूर्ति सहितको विशेष अधिकार प्रदान गर्नुपर्छ । भूमीविहिन, अव्यवस्थित, सुकुम्बासी दलितलाई अनिवार्य भूमीको व्यवस्था गर्नुपर्छ । दलितका लागि निःशुल्क र अनिवार्य प्राविधिक उच्च शिक्षाका लागि कम्तिमा स्नातककोत्तर सम्मको व्यवस्था गर्नुपर्छ ।

 

दलित समुदायको क्षमता विकास गर्न नेतृत्वका लागि क्षमता विकास, सीपमूलक तालिम, पूँजी लगानी र बजार व्यवस्थापन गर्नुपर्छ । अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्छ । सामाजिक अन्तरघुलनका कार्यक्रम सञ्चालन गर्नुपर्छ । १० वर्ष भित्र नेपालका कुनै पनि स्थानमा जातीय भेदभाव तथा छुवाछूतको पूर्ण अन्त्य गर्ने संकल्प सहित राज्यका सबै श्रोत साधन परिचालन गर्नुपर्छ । समतामूलक समाज निर्माणमा प्रत्येक नागरिकले सचेतना र खबरदारी गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

 

समाज तथा राज्यका सबै क्षेत्रमा समान सहभागिता र आत्मसम्मान प्राप्त भएपछि आरक्षण कोटाको आवश्यकता पर्दैन, त्यसपछि दलित शब्द हटाउने या राख्ने विषयमा बहस गर्न सकिन्छ । परिवर्तन आफैबाट शुरुवात गरौं । छुवाछूत विनाको अर्को नेपाल सम्भव छ, आउनुहोस् हामी सबै मिलेर निर्माण गरौं ।

 

लेखक राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य तथा दलित विकास समिति धरानका सदस्य सचिव हुन्

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved