बेलबारी-मोरङ।
केहिदिन यता समाजमा विकृतिका रुपमा देखिदै र सुनिदै आईरहेको धार्मिक तथा जातिय असहिष्णुता र धार्मिक आस्थाको विषयलाई लिएर समाजिक संञ्जालमा देखिएका विभिन्न किसिमका अतिरञ्जित,अवाञ्छित क्रियाकलाप नकारात्मक टिकाटिप्पणी हरुलाई अन्तरधार्मिक शान्ति संञ्जाल मोरङले एक विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको भनाई सार्वजनिक गरेको छ।
सदियौ देखि मिलेर बसेको नेपाली समाज एकाएक असहिष्णु बन्नु,जातिय तथा धार्मिक आस्थाको कुराहरुलाई लिएर ब्याक्ति ब्याक्ति एकअर्का प्रति आक्रोशित हुनुले समाज र सिङ्गो देशलाई नै ठुलो दुर्घटना तिर लैजान सक्ने आशय विज्ञप्तिमा ब्याक्त गरिएको छ।
अन्तर धार्मिक संञ्जालमा आवद्ध केन्द्र,प्रदेश र जिल्ला समेतका प्रतिनिधी तथा विभिन्न धार्मिक समुदायका अगुवा धर्मगुरुहरुको भेलाको सामुहिक छलफलको म्यान्डेट अनुशार हिन्दु,बौद्ध, इसाई,किराँत,ईस्लाम,वहाई ,हेभेन्लीपाथ आदि संघ संस्थाका प्रतिनिधीहरु सहित संञ्जालका मोरङ सचिव राम प्रसाद लम्साल अध्यक्ष सुमन सुब्बा सहित जम्मा १२ जना द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ धार्मिक आस्थाका अनुयायी हरुमा र संम्वन्धित सरोकार वालाहरु विच आपसि समन्वय कायम राखी वार्ता अनि संवाद द्वारा नै एक आस्थाका अनुयायी ले अर्को आस्थाका अनुयायी प्रती सम्मान र सद्भाव राख्दै विवादलाई सामाधानको वैकल्पिक उपायहरु खोजिनुपर्ने।
वहुधार्मिक,वहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त हाम्रो विशेषताहरुलाई आत्मासात गरि एकता सहिष्णुता खोजिनुपर्ने साथै धर्मनिरपक्षताको मर्मलाई अक्षुण राख्दै समावेशी चरित्रलाई हरदम एकता मिलाप र आपसि समझदारीमा लोकतान्त्रिक गणतन्त्र राज्यको अग्रगामी अवधारणालाई संवर्दन, प्रर्वदन गर्न र देशमा दिगो शान्ति वहालिको प्रयासमा अग्रसरभई हरेक समस्याहरुलाई वार्ता र संवाद द्वारा सामाधानको बाटो खोजी अघि बढ्न नेपाल सरकार,धार्मिक संघसंस्था,सम्पुर्ण राजनीतिक दल,नागरिक समाज सबैलाई विज्ञप्ति मार्फत अपिल गरिएको छ।

