हिमांशु राय, मोरङ-बेलबारी ।
अन्तरधार्मिक महासंघको साझेदारी तथा ब्रेड फर द वर्ल्ड जर्मनी को सहयोगमा सामुदायिक विकाश मन्च मोरङले आज लेटाङ मा अल्पसंख्यक जातिय तथा धार्मिक भेदभावको सवाललाई लिएर १ दिने गोष्ठी संञ्चालन गरेको छ।
मानव अधिकार एंव अन्तर्राष्ट्रिय संन्धि सम्झौताको व्याख्या र सचेतना सहित संञ्चालित गोष्ठी सामुदायिक विकाश मञ्च सिडिफए का अध्यक्ष राम चन्द्र बुढाथोकी को अध्यतामा शुरु भएको हो।
कार्यक्रम को प्रमुख अतिथि लेटाङ नगरपालिका का नगर प्रमुख भुपेन्द्र कुमार लावतीले गर्नुभएको थियो।

नगर प्रमुख लावतीले कार्यक्रम को बारेमा मन्तब्य राख्ने क्रममा भन्नुभयो वर्तमान समाज जातिय तथा धार्मिक असहिष्णुता को बाटो बाट ज्याँदै कठिन मोड बाट गुज्रिरहेको अवस्थामा यस्ता कार्यक्रमहरुले एकापसमा आपसि सद्भाव को लागि मार्गनिर्देश गर्दै समाज र सिङ्गो राष्ट्रलाई नै शान्ति को बाटोमा हिड्न अभिप्रेरित गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो आफू सबै जातजाति,भाषा,धर्म ,संस्कार संस्कृति को पक्षमा रहदै आएको र समय अनुशार धर्म, संस्कारका विकृतिहरुलाई हटाउन र परिमार्जित गर्न हामी सबै तयार हुने पर्ने तर्क पेश गर्नु भयो।
अन्तरधार्मिक शान्ति संञ्जालको स्थापनाकाल देखि आफू यस संञ्जाल संग नजिक रहेको र यसको संरक्षण, बृद्धीविकाश मा आफू सधै तत्पर रहने कुरा राख्दै उहाँले थप्नुभयो नेपालमै कँहि पनि नभएको सबै धर्मावलम्बीहरुको आस्थाको केन्द्र स्थललाई धार्मिक स्मारकको पर्यटकिय स्थलका रुपमा यहि प्रदेशको आसपास क्षेत्रमा निर्माण गरि आन्तरिक तथा वाहय पर्यटकहरुलाई समेत घुम्नडुल्न र अध्यायन,अवलोकन भ्रमणका लागि समेत आउने स्थलको रुपमा चाँडै विकाश गरिने समेत जानकारी गराउनु भयो।
यस कामको लागी डिपियार लगायतको सम्पुर्ण काम सकिएकोले अब यस्लाई कार्यन्वयनको पक्षमा जोडदिन सम्वन्धित सरोकारवाला पक्षहरु संग हारगुहार गरि आर्थिक जोहो गर्न संञ्जाल संग आफु लागिपरिरहेको उहाँले बताउनुभयो।
गोष्ठीमा अतिथि सहभागीहरुमा झापा, मोरङ,सुनसरी का विभिन्न स्थानहरु बाट हिन्दु,बौद्ध ,इसाई,ईस्लाम,किराँत
,वहाई,युमा साम्योक र स्वार्गिक मार्ग गरि जम्मा ८ धर्मका धार्मिक अगुवा,धर्मगुरु तथा सामाजिक अभियान्ता र विभिन्न संघ संस्थाका प्रतिनिधी,कानुनवीद,पत्रकार,बुद्धिजिवी,अन्तरधार्मिक महासंघ नेपालका केन्द्रीयअध्यक्ष राम भक्त कुरुङ्वाङ, कोशी प्रदेश र जिल्लाहरु का अध्यक्षहरु समेतको उपस्थिति रहेको थियो।
गोष्ठीमा अन्तर्राष्ट्रिय कानुन,सन्धि, सम्झौताहरु ,नेपालको संविधानको ब्याख्या र मौलिक हक एंव आस्थामाथी गरिने विभेद तथा जातिय र साम्प्रदायीक महत्वका विषयहरुमा अधिवक्ता डा. कमल तिगेला ले प्रशिक्षकको रुपमा व्याख्या सहित सहजीकरण गर्नुभयो। बिहान १० बजे देखि शुरुभएको गोष्ठी करिव ६ घण्टा साँझ ४ बजे सम्म संञ्चालन पश्चयात समापन गरिएको थियो।

