काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको छ ।
काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन शुक्रबार काठमाडौंकाे धापासीस्थित ग्राण्डी इन्टरनेशल हस्पिटलमा उपचारकै क्रममा एआरडीएस तथा रिफ्राक्टरी स्पेटिक शक/एक्युट किड्नी इन्ज्युरी भई आज बिहान साढे ७ बजे वडाध्यक्ष रिजालको उपचारकै क्रममा निधन भएको थियाे।
गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । उनको निधनमा शुक्रबार महानगरले आफू अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको हो ।
