काठमाडौं । बिगद केही दिनदेखि लगातार रुपमा अल्पसंख्यक धार्मिक ख्रीष्टियन समुदायमाथि अतिवादी हिन्दु भनिने अराजकहरुले अमानविय कार्य गर्दै धर्म गुरुहरुलाई कुटपिट,कालाेमाेसाे दल्ने तथा चरच भवनहरुमा ताेडफाेट गरेकाे भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सरकारकाे ध्यानाकर्षण गराएकाे छ।
नेपालकाे संविधानमा उलले गरे पनि साेकाे पुर्ण कार्यन्वयन नगर्नाले राज्य नै अल्पसंख्यक समुदायहरुकाे बिरुद्धमा छ तसर्थ सविधानमा उल्लेख भएबमाेजिम आफ्नाे धार्मिक गतिविधि गरिरहेकाे धरम गुरुहरु र चर्च भवनहरुमाथि गरिएकाे हस्तक्षप र धरपकट,कुटपिटमा जिल्ला प्रशासन र सुरक्षा निकायहरु मुक दर्शक रहेकाे जारी विज्ञप्तिमा महासंघले उल्लेख गरेको छ।
हेर्नाेस विज्ञप्तिकाे पुर्ण पाठ:
मिति: २०८०/०५/२०
प्रेस विज्ञप्ति
केहि हप्ता अधि धरानको विजयपुर स्थित नवनिर्मित चच भवन मन्दिरको नजिकै बनाएको विषय संँगै जोडेर
गोरु काँटी सामूहिक भोजको कारण सामाजिक सद्भाव खलल पुग्ने गरी अल्पसंख्यक धार्मिक समुदायमाथि
गरिएको मिडियाबाँजि तथा सामाजिक सज्जालमा आएको अपहेलित शब्दहरु सेलाउन नपाउँदे गत १२ भदौमा
नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्नें वडा नं.६ मा सज्चालित ग्लोरी चर्च, वडा नं.४ मा
सञ्चालित आराधना चर्च, वडा नं. १० मा सजञ्चालित साक्षी चर्चमा ख्रीष्टियान विरोधी केही समूहले तोडफोड
गर्नुका साथै सोही नगरपालिका वडा नं.५ मा निर्माणाधीन नयाँ चर्च पूर्ण रुपले ध्वस्त पारिएकों छ। उक्त
घटनाहरु प्रति राष्ट्रिय खीष्टियान महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तै, भदौ १८ गते
पश्चिम नवलपरासीको सुनारीमा चर्च सेवाका लागि जाँदे गरेको धर्मगुरुहरुमाथि कूट्पिट् गरिनुको साथै
कालोमोसो समेत दलिएको छ । नेपालको संविधान भाग ३ को २६ उपधारा १,२ र ३ अनुसार यो देशको हरेक
नागरिकले आफूले चाहेको र अवलम्बन गरेको धर्मको अभ्यास गर्न पाउने, धार्मिक संरचना निर्माण गर्न पाउने
तथा धार्मिक गुठी बनाउन पाउने भनेर स्पष्ट खुलाएको छ । तर पछिल्लो केही समयदेखि अल्पसंख्यक
खीष्टियान धार्मिक समुदाय र तिनको धार्मिक स्थल मास्ने उद्देश्यले उत्रिएका केही व्यक्तिहरुले यस्ता घटनाहरु
क्रमिक रुपले घटाइरहेको हुनाले यस्ता व्यक्तिहरकों पहिचान गरी संविधानले तोकिए बमोजिम कारवाही
नगरिनुले सम्बन्धित जिल्ला प्रशासन तथा जिल्ला सुरक्षा निकाय नै खीष्टियानहरुको विरुद्ममा त छैन ? भन््ने
शंकाको वातावरण सिर्जना भएको छ । मूलूकी अपराध संहिता २०७४ को परिच्छेद नं. ९ धारा १५५
धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुच्याउन नहुने : १) कसैले कुनै जातजाति, सम्प्रदाय वा
वर्गको धार्मिक आस्था वा धर्मकों घृणा गर्ने वा अपमान गर्नें नियतले वा सो हुनसक्छ भन्ने जानी-जानी कुने
धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको क॒नै स्थान, वस्तु, मसानघाट वा चिहानलाई
हानि, नोक्सानी वा क्षति पुच्याउन वा कुनै किसिमले दूषित गर्न, विगार्न, फोहोर-मैला गर्न वा यस्तै अन्य कार्य
गर्न हँदैन | २) उपदफा “१” बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार
रुपैयाँसम्म जरिवाना हुने उल्लेख रहेको छ। तसर्थ संविधानमा उल्लेख भए बमोजिम, ती व्यक्तिहरुको पहिचान
गरी सम्बन्धित सबैलाई कडा भन् दाकडा कारवाही गरियोस्, भनी राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल
सरकारसँग जोड़दार माग गर्दछ । यस्ता कानून विपरीत कार्य गर्ने व्यक्त वा समूहलाई निरुत्साहीत गर्दे
धार्मिक तथा सामाजिक सद्भाव कायम गराउन सहयोग र सहकार्य गरिदिनुहुन राजनीतिक दल,
मानवअधिकार कर्मी, अन्तरधार्मिक समूह र पत्रकार लगायत सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा राष्ट्रिय
ख़ीष्टियान महासंघ नेपाल हार्दिक अपिल गर्दछ ।
………………
सि बी गहतराज
केन्द्रीय अध्यक्ष
