Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धरानमा धार्मिक र जातीय विवाद अल्पसंख्यक इसाईहरुमाथि दमनको प्रयास: गिदोन लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 4, 2023
99 shares

गिदोन लामिछाने। नेपालकै सुन्दर सहर धरान बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुपहिचान र विविधताले युक्त शान्त सहर हो । धरान भनेको काठ चिरानी तथा कटनी गर्दा काठकै दुई बलियो खा“बा माथि काठका टुना राखेर फलामको आराले तल र माथि दुई व्यक्तिले आरा तान्ने र ठेल्ने गरी काठलाई फप्ल्या“टा बनाई तक्ती, बटम आदि आकार बनाउने बन्दोबस्त गरिएको ठाउ“लाई धरान भनिन्छ ।

वि.सं. १९५० पछि मात्रै धरानमा घना जंगल फडानी गरेर बस्ती बसालिएको र त्यसपछि सहरका रुपमा विस्तार गरिएको हुनाले धरान आधुनिक सहर पनि हो । धरानमा प्रायः पूर्वी पहाडी जिल्लाबाट बसाई सरेर आउने मानिसहरुको बाहुल्यता छ भने काठमाण्डौं र तराईका जिल्लाहरुबाटसमेत मानिसहरु बसाइ सरेर धरानमा आएको पाइन्छ । यसैले पनि धरान बहुपहिचानयुक्त सहर हो । संख्यात्मकरुपमा राई, नेवार, लिम्बु लगायतका आदिवासी जनजातिहरुको बाहुल्यता रहेपनि धरानमा ८४ भन्दा बढि जातिहरुको बसोबास रहेको छ ।

धरानको पूर्व, पश्चिम र उत्तर ३ क्षेत्रमा पहाडै पहाडले घेरिएको छ भने दक्षिणमा तराईको समथर भूमी देखिन्छ । भौगोलिक विविधताले भरिपू्र्ण आधुनिक सहर भएका कारण पनि धेरै मानिसहरुको रोजाईमा धरान सहर पर्दछ । देशविदेशबाट हजारौं पर्यटकहरुको आगमन हुने गरेको छ । धरानमा प्राकृतिक वातावरणको अवलोकन साथै धरानको कला, संस्कृति र आधुनिकताको लागि मानिसहरु प्रायः धरान घुम्न आउने गरेका छन् ।

त्यसैले धरानको विषयमा आम चासो रहन्छ, जुन स्वभाविक हो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार धरानको स्थायी जनसंख्या १ लाख ६६ हजार ५३१ जना रहेको छ । ४२ हजार ३ सय ९६ घर परिवार स्थायीरुपमा धरानमा बसोबास गर्दछन् । धरान शैक्षिक रुपमा पनि अब्बल सहर हो । यहा“ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय प्राविधिक क्याम्पस हात्तिसार, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, पिण्डेश्वर संस्कृत पिद्यापिठ, महेन्द्र बहुमुखी क्याम्पस जस्ता ठूला शैक्षिक संस्थाहरुका कारण पनि धरान आकर्षक सहर हो ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार धरानमा हिन्दु धर्म मान्ने सबैभन्दा बढि ९३ हजार ३२८ जना रहेका छन् । दोश्रोमा किरात धर्म मान्ने ४३ हजार ५५९ जना र तेश्रो स्थानमा बुद्ध धर्म मान्ने १८ हजार ५८ जना रहेका छन् । जनसंख्याका हिसाबमा हेर्दा धरानमा चौथो स्थानमा क्रिश्चियनहरु रहेका छन् जसको जनसंख्या ९ हजार ३४० जना रहेको छ । त्यस्तै पा“चौ स्थानमा इस्लाम धर्म मान्ने २ हजार ५७ जना रहेका छन् । धरानमा बोन धर्म मान्ने ६४ जना, जैन ६४ जना, प्रकृति ४७ जना र शिख १४ जना रहेका छन् । धरानमा बहाई धर्म मान्ने छैनन् भन्ने तथ्याङ राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । यसरी हेर्दा धरान सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्ने सहर हो भन्न सकिन्छ ।

तर पछिल्लो समय धरानमा भए गरेका गतिविधिलाई बाहिरी सहरमा बस्ने अतिवादी शक्तिहरुले राजनीतिक स्वार्थसिद्धीका लागि धरानलाई केन्द्र बनाएर अनेकौं हथकण्डा अपनाएका छन् । मिलेर बसेको शान्त सहरलाई हलचल मच्चाउन विशेष गरी हिन्दु धार्मिक अभियान्ता भन्नेहरुले निकै जोडतोडका साथ बल लगाई रहेका छन् । काठमाण्डौं लगायतका अन्य सहरमा बस्ने र सामाजिक सञ्जालको प्रयोग गरेर नेपाली समाजमा वितृष्णा, बिद्रोह, कलह र आतङ्क सृजना गर्न लागि परेका, धर्मको खोल ओडी आडम्बरता प्रस्तुत गरेर समाज भाड्न उद्दत देखिएका र सामाजिक सद्भाव विथोल्न हात धोएर खुलेआम लागिपरेका धुर्बराज लुईटेल ‘नारायण’, अभिषेक जोशी, सांसद ज्ञानेन्द्र शाही, पूर्वसचिव भिम उपाध्याय, राधिका दासी, पुष्पराज पुरुष, तारा बराल, श्रीनिवास आचार्यलगायतका व्यक्तिहरुले संगठित अपराध गरिरहेका छन् ।

उनीहरुले सामुहिक रुपमा गत भाद्र ९ गते शान्तिपूर्ण सद्भाव र्याली गर्ने भनेर घरेलु हातहतियारसहित हजारौं युवाहरुलाई धरान प्रवेश गराएर गौहत्यारालाई कार्बाहीको माग गर्ने र धरान १४ बिजयपुरमा रहेको विलिभर्स चर्च भत्काउने र अन्य चर्चहरुमा पनि सोही दिन आक्रमण गरेर भारतको मणिपुरमा जस्तै घटना घटाएर गैरहिन्दुहरुलाई सखाप पार्ने कुरा उनीहरु स्वयम्ले आफ्ना फेसबुक पेज, ह्वाट्सएप समूहहरु, युट्युब र अन्य सामाजिक सञ्जालहरुमा स्पष्ट रुपमा अभिव्यक्ति दिएका, योजना बनाएका अहिले पनि सार्वजनिक रुपमा रहेका छन् ।

यता पहिचानवादी र किरात संस्कृतिका अनुयायीहरुले गोरु काटेर मासु खानु आफुहरुको सांस्कृतिक अधिकार भएकोले हिन्दुहरुले बिरोध गर्दैमा गोरु काट्न र खान नछोड्ने भन्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दलमर्दन कामी लगायतले हिन्दुहरुले धरानमा जुलुस निकाले प्रतिकार गर्ने बताएका थिए । त्यसरी हेर्दा धरानमा उक्त दिन ठूलो नरसंहारहुने थियो । नेपालका सबै क्षेत्र तथा भारतका विहार र पश्चिम बंगालबाट समेत हिन्दुहरु धरानमा लड्ने, भिड्ने भन्दै हजारौंका संख्यामा आएका थिए ।

तर नेपाल प्रहरीले उनीहरुलाई ठाउँठाउँमा रोकेर धरान प्रवेश गर्न दिएन । धरानमा धर्मयुद्धका नाममा नरसंहार मच्चाउने हिन्दु अतिवादीहरुले योजना बनाएकै थिए । तर धरानका स्थानीय जनता, राजनीतिक दल, संघ संस्था, नागरिक समाज आदिको सचेत पहलमा धरानमा कुनै पनि अतिवादी गतिविधि गर्न नदिने भन्दै भाद्र ८ गते नै सद्भाव ¥यालीको आयोजना गरियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा राजनीतिक दलका नेतृत्वसँग बैठक बस्यो र तत्कालै धरानमा निषेधाज्ञा जारी गरेका कारण धरान ठूलो नरसंहारको घटनाबाट बच्न सफल भयो ।

सरकारले निषेधाज्ञा घोषणा गरेर सीमाक्षेत्रमा प्रहरी तैनाथ गरेको अवस्थामा समेत निषेधाज्ञालाई वेवास्ता गर्दै धरानमा ब्राह्मण समाजले समेत उक्त कथित सद्भाव र्यालीको आयोजना गरेरै छोड्ने उर्दी ग¥यो । कथित हिन्दु अभियान्ता भनिने अराजक समूहले धरान प्रवेश गर्ने इटहरी सिमाक्षेत्र पानीपियामा नेपाल प्रहरीस“ग घम्साघम्सी नै प¥यो । हजारौं प्रहरी उक्त क्षेत्रमा रहेको र प्रदर्शनकारीहरु त्यहाँ ३ सयको हाराहारीमा मात्रै रहेका कारण उनीहरु पानीपियामा कोणसभा गरेर फर्केका छन् । तर कोणसभामा हिन्दु धर्मगुरु भनिनेहरुले दिएका अभिव्यक्ति र त्यसपछि उनीहरुका गतिविधिले धरान जुनसुकै बेला असुरक्षित छ भन्ने स्पष्ट पारेको छ ।

धरानलाई १ मिनेटमा सिध्याई दिने धम्की दिएका उनीहरुले अझ ठूलो शक्ति जम्मा गरेर धरानलाई आक्रमण गर्ने भन्दै देशव्यापी रुपमा उनीहरुले संगठित बिद्रोहमा लाग्न मानिसहरुलाई आव्हान गर्दै ठुलठुला सभासमारोहहरुको आयोजना गरिरहेका छन् । यस्तो अवस्थाले धरानवासी कुन बेला के हुने हो भन्ने चिन्ता, त्रास र भयमा बसेका छन् । त्यसैले धरानमा पूर्णरुपमा शान्ति सुरक्षाको सुनिश्चित गर्न राज्यले भूमिका निर्वाह गर्नैपर्छ । यदि राज्यले धरानको शान्ति सुरक्षा कायम गर्न चुक्यो र अपराधिक गतिविधि गर्नेहरुलाई प्रसय दि“दै गयो भने धरानको असुरक्षा र अशान्तिले देशलाई ठूलो नोक्सानी गर्नेछ । राज्यले धरानमा पूर्णरुपमा शान्ति सुरक्षाको सुनिश्चित अविलम्ब गर्नैपर्छ ।

धरान–१४ बिजयपुरमा बनेको त्रिनिटी इष्ट्रन विलिभर्स चर्च गोपाल मन्दिरको सामुन्ने भएको र त्यसले भविष्यमा समेत धार्मिक द्वन्द्व हुनसक्ने भन्दै हिन्दुवादीहरुले सो स्थानबाट चर्च हटाउनु पर्ने माग गरेका छन् । मन्दिर बनेको जग्गा नेपाल सरकारको हो । तर चर्च बनेको स्थान नीजि चर्चकै मानिसको भएको कारण सो स्थानमा चर्च बनाउनु र सञ्चालन हुनु स्वभाविक हो । यद्यपी यहि चर्चकै कारण नेपालभरीका करिब ८ हजार चर्चहरुमा समस्या आउन सक्ने र तत्कालै धरानभरीका चर्चमा प्रभाव पार्ने भएको हुँदा तथा हिन्दुहरुले चर्च स्थानान्तरणको माग गरी आन्दोलन गरिरहेको अवस्थामा उक्त स्थानमा सार्वजनिक चर्च सञ्चालन नगरी निजी आवासीय प्रयोजनमा सो भवन प्रयोग गरी हकभोग क्षेत्रमा घेराबेरा गरी अन्य उपयुक्त स्थानमा चर्च स्थानान्तरण गर्न सम्बन्धित चर्चले जिम्मेवारी बहन गर्न आवश्यक छ । सहजीकरणका लागि धरान इसाई पाष्टर अगुवा संघ, धरान ख्रीष्टिय समाज, धरान उपमहानगरपालिका लगायतले भूमिका निर्वाह गर्नुपर्दछ ।

हिन्दुहरु भनेको बहुसंख्यक हो । नेपालमा ८१ प्रतिशत हिन्दुहरु हुनु र ख्रीष्टियनहरु १ प्रतिशत हुनु तर बहुसंख्यक समुदाय अल्पसंख्यक ख्रीष्टियनहरुका बिरुद्धमा नाराबाजी एवम् आन्दोलन गर्नु भनेको लज्जास्पद कुरा हो । हिन्दुहरुको आन्दोलन अहङ्कार, अहमता र घमण्डमा केन्द्रीत छ । नेपालको शासन सत्ता र समस्त राज्य प्रणाली नै हिन्दुकरणमा आधारित छ । यस्तो अवस्थामा अल्पसंख्यक धार्मिक समुदायमाथि नै जाइलाग्नु उचित होइन । इसाई धर्मगुरुहरुलाई आदरपूर्वक सम्बोधन गरिने ‘पाष्टर’ शब्दलाई गैरइसाई अतिवादी समुदायले अपमानपूर्वक प्रयोग गरिएको, नगरप्रमुखदेखि प्रधानमन्त्री सम्मलाई प्रतिशोधात्मक शैलीमा पाष्टरको उपमा प्रयोग गरिएको छ त्यस्ता प्रबृत्तिले धार्मिक द्वन्द्व उत्पन्न गराउने भएको हुँदा उप्रान्त सम्बन्धित व्यक्तिलाई मर्यादित ढंगले सम्बोधन गनु पर्दछ ।

नेपाली इसाई समुदाय राष्ट्रप्रेम, देशभक्ति र स्वाभिमानी भएकोले जात, भाषा, भूगोल, संस्कृति, बर्ग, लिङ्ग, रंग आदि कुनै पनि आधारमा हुने विभेदलाई अस्वीकार गर्दछ । विविधतायुक्त नेपाली समाजमा सबैखाले सद्भाव कायम राख्दै मानवीय एकता, समानता र सामाजिक सद्भावमा तथा भाइचारा सम्बन्ध विकासमा जोड दिन चाहन्छन् । इसाईहरुको कुनै पनि धार्मिक विधि तथा संस्कारमा कुनै पनि पशुपंक्षीको बलि तथा मासुमंश आवश्यक नपर्ने हुँदा गौबध, गौहत्या एवम् गोरुको मासु खाएको घटना इसाईहरुसँग असम्बन्धित रहेको हुनाले अनावश्यक रुपमा इसाई समुदायलाई मुछ्न आवश्यक छैन । किराती संस्कार अनुसार गोरु काट्नु वा खानु त्यो उनीहरुको कुरा हो । संविधान तथा कानुन विपरित भएको भनेर नै किरातीहरुले कानुन संशोधन गर्नका लागि भन्दै आन्दोलन गरिरहेका छन् त्यो उनीहरुको कुरालाई राज्यले सुन्नुपर्छ र सम्बोधन गर्नैपर्छ ।

धरानमा हाल १ सयभन्दा बढि चर्चहरु रहेका छन् । जुन प्रति वर्ष बढ्दो अवस्थामा छन् । धरानका २० वटा मध्ये १, २ र ७ नम्बर वडा बाहेक अरु सबै वडामा चर्चहरु स्थापित छन् । सबैभन्दा धेरै २३ वटा चर्च भएको वडा नम्बर ५ हो । त्यसपछि धरान १५ मा २० वटा र धरान ११ मा ९ वटा चर्च रहेका छन् । चर्चहरुमा नेतृत्व गर्ने जातीय प्रतिनिधित्वलाई हेर्दा सबैभन्दा बढि राई जातिका पाष्टरहरुले २६ वटा चर्चलाई सञ्चालन गरेका छन् । त्यस्तै दलित समुदायका पाष्टरहरुले १३ वटा, लिम्बु जातिका पाष्टरले १२ वटा, क्षेत्री बाहुन जातिका पाष्टरहरुले ९ वटा, नेवार जातिका पाष्टरले ७ वटा, मगर जातिका पाष्टरले ५ वटा, तामाङ, गुरुङ र अन्य जातिका पाष्टरहरुले धरानका अन्य चर्चहरुको नेतृत्व गरेको पाइन्छ । त्यसैले चर्च कुनै जाति विशेषको होइन र छैन पनि ।

धरानका ६ वटा भन्दा बढि मण्डली अहिले पनि महिला पाष्टरहरुले सञ्चालन गरेको अवस्था छ । यो तथ्याङ्कमा क्याथोलिक, यहोवाका साक्षी, परमेश्वरको मण्डली, सच्चाई केन्द्र जस्ता झुटा शिक्षालाई समावेश गरिएको छैन । उनीहरु पनि आफुलाई क्रिश्चियन धर्म नै भएको दाबी गर्छन् । उनीहरु पनि पाँच हजार भन्दा बढि जनसंख्यामा रहेका छन् । त्यसैले धरानका यी सबै चर्च तथा मण्डलीहरुको अभिलेख तयार गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा सुचीकृत गर्न स्थानीय सरकार धरान उपमहानगरपालिकाले योजना बनाई कार्यान्वयन गर्नुपर्दछ ।

संविधान तथा कानून प्रदत्त अधिकारको परिधिमा रहि इसाईहरुले आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न, विकास गर्न र संरक्षण गर्न कोही कतैबाट रोकतोक हुनुहुँदैन । धार्मिक आस्थाका विरुद्धमा गतिविधि गर्ने र त्यस्तो कार्यमा सम्लग्नहरुलाई नियन्त्रण गरी धार्मिक स्वतन्त्रता कायम गर्न प्रहरी प्रशासनले विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी जातीय तथा धार्मिक हिंसा भड्काउन उद्दत रहेका, भेदभाव तथा अपमानजनक, अश्लिल हर्कत गर्नेहरुलाई निरुत्साहित तथा नियन्त्रण गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ । धरान शान्त छ र शान्त नै रहन्छ भन्ने सन्देश दिन धरानवासी स्वयम् आपसी सद्भाव, सहकार्य र भाइचारा सम्बन्ध कायम राख्दै सबैखाले बाहिरी तत्वका विरुद्ध एकजुट हुन आवश्यक छ । क्रिश्चियनहरुलाई गाली गरेर राष्ट्रवादी होइन्दैन भन्ने हेक्का राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved