काठमाडौं । म्याग्दी जिल्ला,धवलागिरी गाउँपालिका,वडा नं ७,धारापनाीमा जनै पूर्णिमा विशेष कार्यक्रममा बिबाद हुँदा केही ठुला जात भनिएकाहरु बाट भिम बहादुर वि.क. माथि कुटपिट भएकाे छ।
भिम बहादुरले पुजाका लागि सङ्कलन गरेकोे चामल,पैसा,ध्वजा लगाएतकाे सामान चल्ने तर सगै बसेर खान किन नहुने भनेपझि उपस्थित अन्य मानिसहरुले तुच्छ गालि गर्दै कुटपिट गरेका थिए। साे बिषयलाई लिएर जसपा शिल्पी/दलित विशेष समितिले विज्ञप्ति जारि गर्दै उक्त घटनाबारे ध्यानाकर्भएकाे जनाएकाे छ।
विज्ञप्तिमा यस्ताे लेखिएकाे छ:
म्याग्दी जिल्ला,धवलागिरी गाउँपालिका,वडा नं ७,धारापनाीमा यहि मिति : २०८० साल भदाै १४ गतेका दिन विगत वर्षहरुमा झैँ आयोजना गरिएकाे परम्परागत जनैपुर्णिमा विशेष कार्यक्रममा दलित हरुका लागि छुट्टै खाने ब्यवस्था आफै मिलाउन भनेपछि सहभागी साेही वडाका भीमबहादुर वि.क.ले हामीले ल्याएकाे चामल,पैसा,ध्वजा,फूल सबै चल्ने तर हामी संगै बस्न र खान किन नहुने ? भन्ने आवाज उठाउँदा त्यहाँ उपस्थित देविन्द्र थापाले विकमाथि आक्रमण गरेपछि उनका भाइ विजय थापा,करण थापा,फत्त बहादुर थापा लगायतले जातीय गाली गलाैज गर्दै कुटपिट गरि गम्भीर घाईँते बनाएकाे घटनाले हाम्राे संगठन शिल्पी/दलित विशेष समितिकाे गम्भीर ध्यानाकर्षण भएकाे छ र साे घटनाप्रति खेद् ब्यक्त गर्दछ ।
२१ औँ शताब्दीकाे विज्ञान र प्रविधिकाे युगमा समेत जातीय विभेद तथा छुवाछूतका घटना दिनानुदिन देशैभरि घटाईनु अत्यन्तै निन्दनीय कार्य हाे । नेपालकाे संविधानकाे भाग ३ धारा २४ काे उपधारा (१) मा उल्लेखित दलितकाे हककाे समेत बर्खिलाप हुने गरि घटाईएकाे त्यस घटनाकाे हामी घाेर निन्दा र भर्त्सना गर्दछाैँ ।
उक्त घटनामा संलग्नलाई तत्काल पक्राउ गरि जातीय छुवाछूत तथा कसुर सजाय ऐन २०६८ तथा मुलुकी अपराध संहिता २०७४ काे धारा १६६ उपधाारा (१) बमोजिम कडाभन्दा कडा कारबाहीको लागि राज्यसंग जाेडदार माग गर्दछौं ।
अन्यथा मिलापत्र वा कुनैपनि बहानामा दाेषीलाई उन्मुक्ति दिईएमा त्यसका विरुद्ध जस्ताेसुकै चुनाैतीकाे सामना गर्दै संघर्षका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने चेतावनी यसै प्रेस विज्ञप्ति मार्फत अवगत गराउँदछाैँ ।


