Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शुभ चिन्तक र साथिहरुलाई स्वागत नेपालकाे सन्देश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2023
406

काठमाडौं । बरिस्ट कानुनविद् तथा  झापा निर्वाचन क्षेत्र नं. २ बाट सभामुख देवराज घिमिरेसँग उपविजेता बनेका स्वतन्त्र राष्ट्रिय अभियानका संस्थापक  स्वागत नेपालका शुभ चिन्तकहरुले सामजिक सञ्जामा चासाेकासाथ खाेजिरहेका छन्।

बिगदमा जब नेपालमा MCC काे बिषयहरु उठ्दा याे नेपाल र नेपालिकाे हितमा छैन तसर्थ यसकाे बिराेध गराैँ भनेर सडक देखि अदालत सम्म अनि निर्वाचनकाे बेला  आफ्नाे निर्वाचन क्षेत्र देखि विभिन्न टेलिभिजन अन्तरबार्तामा समेत MCC काे बिषयमा छाएका स्वागत अहिले हरायाे भन्ने गुनासाेमा नेपालले आफ्नाे फेसबुक स्टाटसमा यसरी सुझाएका छन्:

 

धेरै साथीहरुबाट गुनासो आइरहेको छ- स्वागत जी सुस्तायो भनेर तर…
गुनासो र चासो राख्नु हुने सबै साथीहरुमा हार्दिक आभार तथा धन्यबाद,
कत्ति पनि विचलित नहुनु होला,
हामी राम्रो तयारीका साथ राम्रोसँग काम गर्दैछौं । चुनावपछि जनता र देशको लागि झन् धेरै काम गरेर देशघाती सरकारका नीतिहरु फेल गराएका छौं, सञ्चारमाध्यम मार्फत जानकार नै हुनुहोला । झन् धेरै योगदान गरेका छौं ।

जितेकाहरु देशका सूचना विदेशीलाई बेच्ने, गलत नीति कानुन सम्झौता पास गर्ने गरिरहेका छन्। हामी अदालतबाट तिनले भ्रष्टाचार गरेको छदाउँदैछौं। राज्यकोष लुटेर सांसदको लागि छुट्याएको रकम खारेज गराइरहेका छौं ।

खासमा सांसद सरहको नीति त हामी हारेकाहरुले बनाइरहेका छौं, अदालतबाट सरकार र पार्टीहरुका गलत नीति फेल गराएर, निर्देशनका आदेशहरु दिलाएर । म त मलाई अझै पनि जनताको सांसद नै भएको छु भन्छु । यही हो नि खास सांसदले गर्ने काम होइन र ?

जित्नेहरुले त राष्ट्रिय परिचय पत्र विदेशीलाई सूचना बेच्ने माध्यम बनाए, एमसीसी र देशघाती ऐन, विधेयक सत्तासँग साटे । त्यसैले उच्च मनोबल, सही बाटो, सत्य विचार नै मुख्य कुरा हो । हामी सही बाटोमा छौं । ढुक्क हुनुस् है ।

एक कदम पछि हटेर दुई कदम अघि पनि हुन्छ कहिलेकाहीँ । फेरि म एक कदम पनि पछि चाहिँ हटेकोे छैन । हट्ने पनि छैन । खाली चुनाव, व्यक्तिगत स्वास्थ्य समस्या आदि कारण केही भौतिक रुपमा देखिने गतिविधि तीब्र मात्र नभएका हुन् तरै पनि मूल कर्म छोडेको छैन । एक पटक चुनाव नजित्दैमा केही काम नगरी बस्ने वा जितेर पनि विदेशीको ईच्छा अनुसारका विधेयक, सम्झौता र राज्यकोष सांसदको खातामा हाल्ने नीतिका पक्षपोषकले केही गर्दैनन् ।

कतिपय साथीहरुले निर्वाचन क्षेत्रमा किन नआएको वा ढिलो ढिलो आएको भनेर पनि भन्नुहुन्छ । मैले भन्ने गरेको छु- तपाईँहामीले जिताएको हाम्रो क्षेत्रको देवराज घिमिरे चाहिँ कति पटक आउनु भयो त? यो ओठे जवाफ मात्र होइन । मेरो प्रश्नमा उहाँहरु भन्नुहुन्छ-उहाँ त सभामुख हुनु भयो नि त । म फेरि भन्छु- उहाँ सभामुख भएर देशघाती निर्णय, विधेयक, सम्झौता, ऐन, बजेट धमाधम पास गरेर देश बेच्ने बाटोतिर लागिरहनु भएको छ । हामी उहाँले पास गरेको सांसदले राज्यकोष लुट्ने नीति फेल गराइरहेका छौं अदालतबाट, उहाँले ल्याएका पास गरेका हरेक कानुनलाई अदालतबाट सच्याइरहेका छौं ।

अनि उहाँले जितेर काम गर्नु भएको छ कि मैले हारेर ? उहाँले देश बेच्ने नीति देश फिजी बनाउने ऐन संसदबाट ल्याउँदा पनि निर्वाचन क्षेत्र नआउँदा तपाईलाई चित्त नदुख्ने, हामीले उहाँले बिगारेका काम अदालतबाट सुधार गरिरहँदा पनि म नै झन् धेरै चुनाव क्षेत्र आउँदा पनि मलाई नै आएन भन्ने ? मेरो जवाफ पछि धेरैले अचम्भित बनेर बल्ल आँखा खुल्यो भन्नु पनि हुन्छ । हुन पनि चुनावपछि आफ्नो निर्वाचना क्षेत्रमा सबैभन्दा धेरै गाउँगाउँ पुग्ने मान्छे म नै हुँ देशभरिमा । चुनावका बेला समाचारहरुमा आउँथे र थाहा हुन्थ्यो ।

अहिले एउटा कुनामा एक पटक पुगिन्छ सबैतिर थाहा हुन्न । अर्को पटक फेरि अर्कोतिर पुगिन्छ । जे होस् हामी एमसीसी विरुद्ध भएका, राष्ट्रघाती ऐन विधेयक विरुद्ध रहेका, सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने व्यवस्था स्वीकार गर्ने, राइट टु रिजेक्ट र रिकल चाहने, जनताले सीधै सरकारको लागि भोट हाल्ने व्यवस्था भएको संसदीय व्यवस्था विरोधी, देशका लागि साँचो आवश्यकता रहेको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र मान्ने प्रदेशका सांसद मन्त्री खारेज गर्न चाहनेहरुको देशभक्त शक्ति एकाकार भएर आउँदैछौं ।

“अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन” भन्ने गीत सम्झिरहेका छौं । एक पटक प्राविधिक रुपमा चुनाव जित्नु नजित्नु ठूलो कुरा होइन । कुनै बेला कमल थापाले २५ सीट ल्याँउँदा अब अर्को पटक सबै राप्रपाले लान्छ भन्ने हल्ला थियो । लौरो चिन्हबाट हक र बालेनले जित्दा अब अर्को पटक लौरो चिन्ह जसले लिन्छ उसले जहाँबाट जो उठे पनि जित्छ भन्नेजस्तो भएको थियो । घण्टी चुनाव चिन्ह हुँदा जितिहालिन्छ भन्ने पनि उपचुनावमा थियो तर रमेश खरेल त्यही चिन्ह लिए पनि दोस्रो पटक पनि जमानत जफत भएको देख्नु पर्यो । त्यसैले स्थिर केही हुन्न ।

स्थिर रुपमा अब एउटै बाटो र विदेशीशक्ति विरुद्ध जनताको मत, संसदीय व्यवस्थाको अन्त्य । त्यसका लागि सबै लागि परौं । हामी आउँदैछौं । देशका लागि विदेशी गोटी विरुद्ध, संसदीय व्यवस्थावादी विरुद्ध । अबको निर्विकल्प बाटो भनेकै यो संसदीय व्यवस्थाको अन्त्य हो । सम्भव छ । हामी पनि पुराना दलकै विचारको संसदीय व्यवस्था अल्झिरह्यौं भने हामी नयाँ पुस्ताको हुनुको कुनै अर्थ छैन । नयाँ ज्यानले होइन विचारले बनौं । तयार बनौं ।
सबैमा सदा शुभ समयको कामना

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved