
मोरङ बेलबारी। १६ अैा राष्ट्रिय पुस्तकालय दिवशको अवशरमा आज मिति २०८० भदौ १५, गते मोरङको बेलबारी नगरपालिका वडा नं.११,स्थित रहेको श्री लक्ष्मी मा.वि.को सभाहलमा अन्तरक्रिया तथा साहित्यिक रचना वाचन कार्यक्रम भब्य र सभ्य सु सम्पन्न भएको छ।
बढ्दो ईन्टरनेट को नकारात्मक प्रभावलाई न्युनिकरण गर्न र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पुस्तक पढन अभिप्रेरित गराउने उदेश्य अनुरुप सम्पन्न गरिएको कार्यक्रममा पुस्तकालयको सान्दर्भिकता र ऐतिहासिकता भावीपुस्ताको लागि कालान्तर सम्म महत्व र रुचीको विषय बन्नु पर्ने जस्ता कुराहरुमाथी व्यापक अन्तर्क्रिया गरियो।
साहित्यकारहरु बेलबारी प्रज्ञा प्रतिष्ठान का प्राज्ञ सदस्य हिमांशु राय,निरु गौतम,रिपुमर्दन खड्का, साहित्यकार मुना मिश्र, कवियत्री ईश्रृया न्यौपाने,शुसिला राई, साहित्यकार शारदा दहाल भण्डारी,शिव पराजुली,गणेश पोख्रेल,महाविर भण्डारी,योगेन्द्र प्रसाद बास्तोला,भवनाथ लुईटेल,कृण्ण ब.राई लगायतले गीत ,गजल, कविता, बाछिटा, लघुकथा,आदि चोटिला साहित्यिक रचनाहरु वाचन गरे।

कार्यक्रम का अतिथि श्री लक्ष्मी मा.वि. का शिक्षक नवराज दहाल,माउण्ट एभरेस्ट ई.बो. स्कुलका बेलबारी -११,का भ्वाईस प्रिन्सिपल नवीन राई, लिटिल स्टार मन्टेश्वरी का संचालक समाजसेवी नगेन्द्र मिश्र,अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका स्तमभकार युवा समाजसेवी जीवन अधिकारी,साहित्यकार तथा कलाकार शिव छाङ्छा समाजसेवी शम्भु बस्नेत,धर्मानन्द न्यौपाने, लगायतले चेतनशिल बन्न गहन पुस्तक अध्यायन,अध्यापन खोज अनुशन्धानको बारेमा विचारहरु ब्याक्त गरे। बेलबारी आसपासका स्रष्टा,द्रष्टा,सर्जक, साहित्यकार र विद्धान दिग्गज एंव सामाजिक ब्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राष्ट्रको सम्मानमा राष्ट्रिय गान गाएर शुरुगरिएको थियो।
अन्तर्क्रिया कार्यक्रम मा उपस्थित सम्पुर्ण मानुभावहरुले पुस्तकालयको महत्व,सार्थकता र आवाश्यक्तलाई अैालाउदै यस्को अपरिहार्यता लाई चाँडै ब्यावस्थापनमा उतार्ने प्रतिवद्धता जाहेर गरे। कार्यक्रमको अध्यक्षता श्री लक्ष्मी मा.वि.का पुर्व प्राचार्य एंव निवृत शिक्षक श्री हरिनारायण चौधरी ले गर्नु भएको थियो भने कार्यक्रम संचालक श्री लक्ष्मी मा.वि. का निवृत पुर्व शिक्षक साहित्यकार प्राज्ञ धनजित पराजुली ले गर्नुभएको थियो।
