सुनसरी । सुनसरीको धरान स्थित एक चर्च निर्माण सँगै केही मानिसहरुले गाेरुकाटेर मासुकाे सामुहिक भाेज खाएकाे बिषयमा धार्मिक बिबाद हुँदा प्रशासनले गत ९ गत्ते बार्ह घण्टे कर्फ्यु समेत जारी गर्नु परेकाे थियाे।
साे घटनाका कारण हिन्दुवादी केही समुहले धरानका नगर प्रमुख हर्कराज राईलाई क्रिस्चियन पाष्टर सम्म भन्न भ्याए भने ती गाेरुकाटि भाेज खानेहरुलाई समेत क्रिस्चियन भनेका थिए। तर त्याे समुहमा के साच्चिनै क्रिस्चियनहरु थिए त?
संविधानले दिएकाे अधिकारकाे परिधिमा रहेर आफ्नाे धर्मकाे अभ्यास गरिरहेका अल्पसंख्यक धार्मिक समुदाय ख्रीष्टियनहरुलाई सामाजिक सञ्जालमा अनेकन अपसब्द र अपाच्य भाषामा गालिगलाैज गरियाे र साे कार्यले अझै निरन्तरता पाइनै रहेकाे छ।
यसै पिडामा पिडित धरान मुक्ति चर्चका पास्टर तथा पत्रकार गिदाेन लामिछाने ( तारा )आफू र आफ्नाे धार्मिक समुदाय अनि समस्त धरानबासि नागरिक मात्र नभइ विश्वभर रहृका नेपाली हरुमाझ आफ्नाे धारणा यसरी राख्छन् :
१) धरान–१४ बिजयपुरमा बनेको त्रिनिटी इष्ट्रन विलिभर्स चर्च स्थानान्तरणको माग भई विवादास्पद भएको कारण उक्त स्थानमा सार्वजनिक चर्च सञ्चालन नगरी निजी आवासीय प्रयोजनमा सो भवन प्रयोग गरी हकभोग क्षेत्रमा घेराबेरा गरी अन्य उपयुक्त स्थानमा चर्च स्थानान्तरण गर्न सम्बन्धित चर्चले जिम्मेवारी बहन गर्न अपिल गर्दछौं ।
२) इसाई धर्मगुरुहरुलाई आदरपूर्वक सम्बोधन गरिने ‘पाष्टर’ शब्दलाई गैरइसाई अतिवादी समुदायले अपमानपूर्वक प्रयोग गरिएको, नगरप्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई प्रतिशोधात्मक शैलीमा पाष्टरको उपमा प्रयोग गरिएको पाइएकोले उप्रान्त सम्बन्धित व्यक्तिलाई मर्यादित ढंगले सम्बोधन गर्न सम्बन्धितहरुमा अपिल गर्दछौं ।
३) नेपाली इसाई समुदाय राष्ट्रप्रेम, देशभक्ति र स्वाभिमानी भएकोले जात, भाषा, भूगोल, संस्कृति, बर्ग, लिङ्ग, रंग आदि कुनै पनि आधारमा हुने विभेदलाई अस्वीकार गर्दछ । विविधतायुक्त नेपाली समाजमा सबैखाले सद्भाव कायम राख्दै मानवीय एकता, समानता र सामाजिक सद्भावमा तथा भाइचारा सम्बन्ध विकासमा जोड दिन चाहन्छौं ।
४) इसाईहरुको कुनै पनि धार्मिक विधि तथा संस्कारमा कुनै पनि पशुपंक्षीको बलि तथा मासुमंश आवश्यक नपर्ने हुँदा गौबध, गौहत्या एवम् गोरुको मासु खाएको घटना इसाईहरुसँग असम्बन्धित रहेको हुनाले अनावश्यक रुपमा इसाई समुदायलाई नमुछिदिन सबैमा हार्दिक अपिल गर्दछौं ।
५) धरानमा रहेका सम्पूर्ण चर्च तथा मण्डलीहरुको अभिलेख तयार गरी धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा सुचीकृत गर्न स्थानीय सरकार धरान उपमहानगरपालिकाले योजना बनाई कार्यान्वयन गरोस ।
६) संविधान तथा कानून प्रदत्त अधिकारको परिधिमा रहि इसाईहरुले आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न, विकास गर्न र संरक्षण गर्न कोही कतैबाट रोकतोक नहोस्, त्यस्तो कार्यमा सम्लग्नहरुलाई नियन्त्रण गरी धार्मिक स्वतन्त्रता कायम गर्न प्रहरी प्रशासनको विशेष भूमिकाको अपेक्षा गर्दछौं ।
७) सामाजिक सञ्जालको दुरुपयोग गरी जातीय तथा धार्मिक हिंसा भड्काउन उद्दत रहेका, भेदभाव तथा अपमानजनक, अश्लिल हर्कद गर्नेहरुलाई निरुत्साहित तथा नियन्त्रण गर्न राज्यले विशेष ध्यान देओस् ।
