आकाश मगर, धरान । धरान उपमहानगापालिकाको मेयर हर्क साङ्पाङ्गले आफुले सबै धर्मलाई सम्मान गर्ने आफ्नो फेसबुकमा लेखेकाछन ।हिजो बिस्व हिन्दु महासंघले धरानमा बिरुद्वमा र गोपाल मन्दिर नजिक चर्च बनायो भनेर अतिबादि हिन्दु समुहले नेपालको बिभिन्न जिल्ला र भारतको बिहारबाट आन्दोलनको लागि ईटहरिमा सहभागि भएका थिए। जिल्ला प्रसासन सुनसरिले सामाजिक र धार्मिक सद्भाब भड्कन सक्ने भन्दै २४ घण्टे निषेध आज्ञा जारि गरेपछि धरान पस्ने सम्पुर्ण नाकाहरु कडा सुरक्षामा बन्द गरिएको थियो ।
सामाजिक सञ्जालमा भेटिएको भिडियो सम्बादहरुमा सान्तिपुर्ण सद्भाब र्यालि भनिए पनि आन्दोलनकारिहरुले चर्च भत्काउने भनेका थिए उता पहिचान पक्षधरले भने धरानमा आएर अनैतिक कार्य गरे त्यसको ससक्त प्रतिकारको लागि दशौं हजार युवा धरान आईसकेको र सम्पुर्ण तयारि भएको भिडियोहरुमा देखिन्छ ।
धरान छिर्न नदिए पछि तरहरामा रोकिएको आन्दोलनकारिहरुमा पछिल्लो समय सर्दु जलाधारको जग्गा जालसाझि गरेर आफ्नो बनाएको र भु माफियाक आरोप खेपिरहेको धरानका पुर्ब वडाधक्ष्य रोसन अधिकारिले आन्दोलनको भिडबाट हर्क साङ्पाङ्ग लक्षित भिडियो बनाएर देख्यौ हैन ?
अझ हेर्दै जाउ यो काष्टिङ्ग मात्र हो अझ ठुलो हुन्छ भने पछि मेयर साङ्पाङ्गले उनको कटाक्ष गर्दै ‘तिमि र म मा फरक’ भन्दै उनी लेख्छन्, ‘तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ । म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु।’ भन्दै लेखेकाछन।
