Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापाको उप प्रमुख समन्वय समितिको संयोजकमा दमककी रेगिना भट्टराई चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2023
36 shares

डिकेन्द्र बस्नेत,झापा।
झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठकले आगामी समयका लागि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ ।

निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौलाले नयाँ संयोजक भट्टराईलाई माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गरे ।

मेचीनगर नगरपालिका उपप्रमुख तथा समितिकी प्रथम संयोजक मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा समितिका निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौला, उपप्रमुखहरु कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाकी खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्य छन् ।

त्यस्तै सञ्जालको सदस्य रहेका गाउँपालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जु थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् ।

समितिको आगामी वैठक आवासीय रुपमा धनुकटाको भेडेटारमा गर्ने समितिले निर्णय गरेको छ ।

शुक्रवार देखि शुरु भएको बैठकले पालिकाले बनाउनुपर्ने नीति–कानून, उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि भएको हस्तक्षेप, पालिकाबीचको समन्वय, साझेदारी, स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विषयमा निर्णय गरेको हो । ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाका प्रमुख र कमल गाउँपालिकाका अध्यक्षबाट कानूनी व्यवस्था लत्याउँदै उपप्रमुख–उपाध्यक्षले पाउनुपर्ने कार्यवाहकको जिम्मेवारी उहाँहरुलाई नदिई वडाध्यक्षलाई दिइएको घटनाप्रति समन्वय समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

कानूनले प्रत्याभूत गरेका उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि हस्तक्षेप नगर्न, कुण्ठित नगर्न र विगतका कमजोरी नदोर्याउन सबै पालिका प्रमुख–अध्यक्षहरुलाई उक्त समन्वय समितिले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved