काठमाडौं । हालसम्म यातायात व्यवस्था विभागले करिब ३४ लाख स्मार्ट लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकेको विभागका प्रवक्ता समेत रहेका पनेरुले जानकारी दिए ।
अहिले स्मार्ट लाइसेन्सका लागि कुरिरहेका सेवाग्राहीको संख्या करिब १० लाख छ । विभागसँग छाप्नका लागि करिब ७० हजार कार्ड मात्र बाँकी छ । सोही कारण अत्यावश्यक व्यक्तिका लागि मात्र कार्ड प्रिन्ट गरिरहेको उनले बताए ।
गत वर्ष नै विभागले १२ लाख स्मार्ट कार्डका लागि एक जर्मन कम्पनीलाई ठेक्का दिएको थियो । “जर्मन कम्पनी म्युहलबाअरले १२ लाख कार्डका लागि ठेक्का पाएको थियो,” प्रवक्ता पनेरुले भने, “ती कार्ड अब एक/डेढ महिनाभित्र आइपुग्छन् र त्यसपछि नियमति छपाइ सुरु हुन्छ ।”
विभागमा हाल चालु अवस्थामा रहेको स्मार्ट लाइसेन्स प्रिन्टरबाट दैनिक चार हजारदेखि चार हजार ५०० सम्म कार्ड छाप्न सकिने उनले बताए । ती कार्ड ल्याइएपछि नियमित रूपमा छापेर वितरण गरिने उनको भनाइ छ ।
