वीरगंज । पर्सा प्रहरीले अवैधरुपले भारततर्फ जादै गरेको ३०० कार्टुन कस्तुरी रक्सी सहित ट्याक्टर पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा छिपहरमाई गाऊँपालिका वडा नम्बर २ भिष्वा बंजारीमा ईलाका प्रहरी कार्यालय पोखरीयावाट खटिएको टोलीले ट्याक्टरमा लोड गरि नेपालवाट भारत तर्फ लैजादै गरेको कस्तुरी ब्रान्डका मदिरा ट्याक्टर सहित बरामद गरेको छ ।

पक्राउ परेका ट्याक्टर प्रदेश २-०३-००१ नम्बरको ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिई रु.१०,६०,०००। (दश लाख साठ्ठी हजार ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । उल्लेखित ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो।

