काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले सुन काण्डमा पनि केपी ओलीकै मान्छेहरु मुछिएको बताएका छन् ।
नेपाल टेलिभिजनले सोमबार प्रशारण गरेको विशेष संवादमा पत्रकार सतिश आचार्यसँग कुरा गर्दै चौधरीले उक्त आरोप लगाएका हुन् ।
‘हामीले सिआइबीलाई विश्वास गर्नुपर्छ । त्यत्रा ठुला भनिएका मान्छेहरुलाई समातिरहेको छ । फटाफट काम गरिरहेको छ । प्रमाण जुटाइरहेको छ ।’ पूर्व मन्त्री चौधरीको भनाई थियो ।
मोर्चा गठनबारे सोधिएको प्रश्नको जवाफ दिँदै चौधरीले भने, ‘वर्षा सकिएसँगै मोर्चा प्रदेश हुँदै स्थानीय तहसम्म पुग्नेछ । जिम्मेवारी पनि बाँडफाँट भइसकेको छ । जनसवालहरुमा मोर्चा केन्द्रीत हुनेछ ।
