काठमाडाैं। राष्ट्रिय ख्रीष्टियन महासंघकाे अनामनगर स्थित केन्द्रिय कार्यालयमा उद्धव चिमाेरिया सहितका अज्ञात समुहबाट ताेडफाेडकाे प्रयास भएकाे छ।
महासंघकाे केन्द्रीय अध्यक्ष सि बि गहतराजकाे अध्यक्षतामा केन्द्रीय विशेष कार्य समितिकाे बैठक बसिरहेकाे अवस्थामा साे समूह आई कार्यालयकाे मुल ढाेका फाेडि भित्र छिरेर बैठकमा सहभागिहरु माथि हातपात गरेकाे श्राेतले बताएकाे छ।
ढाेका फाेडि भित्र छिरेका समुहले आक्रमण गर्दा महासंघका एक सहअध्यक्षकाे माेबायलमा सामान्य क्षति भएपनि ठुलाे धनजनकाे क्षति हुनबाट नजिकै रहेकाे अनाम नगर प्रहरी बृत्तले जाेगाएकाे महासंघका अध्यक्ष सि बि गहतराजले जनाएकाे छ।
केही महिनादेखि साे महासंघमा अध्यक्ष चरिबहादुर गहतराज र सहअध्यक्ष उद्धब चिमाेरियाकाे समूह अलग अलग रहेर आ-आफैलाई बैधताकालागि संवन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गरि CDO ले झलफलका लागि बाेलाएकाे समयकाे पर्खाइछन् भने साे समय पुग्न २४ घण्टा नपुग्दै कार्यालयमा याे हर्कद देखाएको गुनासाे अध्यक्ष सि बि गहतराजले पाेखेका छन्।
यस्तै, साे घटनालाई लिएर महासंघले एक विज्ञप्ति समेत जारि गरेकाे छ। प्रस्तुत छ अध्यक्ष सि बि गहतराज द्वारा हस्ताक्षरित विज्ञप्तिकाे पुर्ण पाठ :
मितिः २०८० साउन २८
प्रेस विज्ञप्ती
आज मिति २०८० साउन २८ गतेका दिन महासंघको केन्द्रिय कार्यालय अनामनगरमा महासंघका केन्द्रिय अध्यक्ष सी.बी गहतराजको अध्यक्षतामा बसीरहेकोे केन्द्रिय बिशेष कार्यकारी समितिको बैठकको समयमा ज्ञानेन्द्र राज सापकोटा, टुक नारायण श्रेष्ठ, बिष्णु कुमारी कार्की, मान बहादुर खत्री, तारा के.सी. लिम्बु, चन्द्रमाया श्रेष्ठ डोमा राई, उद्धव चिमोरियाको नेतृत्वमा आएको १५÷२० जनाको समूहमा आएका अज्ञात ब्यक्तीहरुको टोलीले कार्यालयको ढोका फुटाई प्रार्थनारत अध्यक्ष सहितको पदाधिकारीहरुमाथि साङ्घातिक आक्रमण गरेको छ । तत्कालै महासंघको अनुरोधमा प्रहरी बृत्त अनामनगरबाट खटीएको सुरक्षा टोलीले महासंघको धनजनको क्षती हुनबाट रोकेको छ । सो सम्बन्धि आबश्यक कानुनी रुपमा प्रक्रिया अघि बढीसकेको जानकारी गराउँदछौ । यस्ता हिंसात्मक तथा ध्वंसात्मक गतिविधी गरिरहेका समुह माथि सबै मण्डलीहरुलाइ सचेत रहन हार्दिक अनुरोध गर्दछौ । महासंघको निम्ती निरन्तर प्रार्थना, साथ, सहयोग, सहकार्यको अपेक्षा गर्दछौं ।
………………………………..
चरी बहादुर गहतराज (सी.बी)
अध्यक्ष
भिडियाेकाे लागि याे पेजमा जानुहाेस👇️
️https://www.facebook.com/suchanachautari?mibextid=ZbWKwL
महासंघ सम्वन्धित समाचारहरु पढ्नका लागि यता आउनाेहाेस![]()
![]()
छाप र लेडरहेड किर्ते गर्ने गिराेहहरु माथि महासंघले चलायाे कानुनि डण्डा
