काठमाडौँ । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ । यसका लागि निरन्तर अनुमगनको व्यवस्था हुने नयाँ जारी राष्ट्रिय साइबर सुरक्षा नीतिमा उल्लेख छ ।
हालै मन्त्रिपरिषद्ले पारित गरेको नीतिअनुसार अब अनलाइन उत्पीडन (ह्यारासमेन्ट), साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गरिनेछ ।
‘महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ’ रणनीतिमा छ, ‘इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवम् भेदभावलाई नियन्त्रण गरिनेछ ।’ स्पाम मेसेजहरू सम्प्रेषण गर्ने कार्यलाई पनि नियन्त्रण गर्ने रणनीतिमा छ ।
राष्ट्रिय साइबर सुरक्षा नीति– २०८०
