काठमाडौं । कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेकोबारे केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।
बिहीबार सांसद शर्मालाई नक्कली प्रमाणपत्रको विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको व्यहोरासहितको पत्र पठाउँदै सिइअीले क्त विषयमा सभामुखलाई जानकारी गराएको हो ।
आइएसी अथात् प्रमाणपत्र तहको सर्टिफिकेटमा कैफियत देखिएको भन्दै सांसद शर्मालाई पक्राउ गरिएको प्रहरी अतिरिक्त महानीरिक्षक किरण बज्राचार्यले जानकारी दिएका छन् ।
