Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पुरातात्त्विक चाँगुनारायण मन्दिरको संरक्षण र सम्बर्दधन चाँगुनारायण नगरपालिकाले गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2023
15 shares

 

भक्तपुर । ऐतिहासिक र तथा पुरातात्त्विक चाँगुनारायण मन्दिरको संरक्षण र सम्बद्र्धन चाँगुनारायण नगरपालिकाले गर्ने भएको छ । नगर प्रमुख जीवन खत्रीकै संयोजकत्वमा समिति निर्माण गरी मन्दिरको संरक्षण र सम्द्र्धनमा नगरपालिका अगाडि सर्न लागेको हो ।

हिजाे बुधवार मन्दिरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुखकै संयोजकत्वमा मन्दिर व्यवस्थापन समिति निर्माण गर्ने निर्णय गरिएको हाे। पुरातात्त्विक विद्, सम्पदा प्रेमी, नागरिक समाजका अगुवा, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय नागरिक लगायतको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नगर प्रमुख खत्रीकै अध्यक्षतामा समिति निर्माण गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख जीवन खत्रीले अहिले भएका विभिन्न समिति अव्यवस्थित भएकाले सबै समितिलाई एकीकृत गरी व्यवस्थापन गर्न नगर प्रमुखकै अध्यक्षतामा समिति बनाउने प्रस्ताव गरिएको बताए ।

नगर प्रमुख खत्रीले हाल चाँगुनारायण मन्दिरमा विभिन्न कारणले हुन नसकेका पूजा आजा तथा बाजा भजन दफा लगायतका विभिन्न परम्परालाई पुन जीवन्त बनाउन नगरपालिकाले समिति बनाउन खोजेको समेत जानकारी दिएकाे थियो ।

खत्रीले पशुपति विकास कोष जस्तै चाँगुनारायण विकास कोषको परिकल्पना स्वरूप काम गर्न लागेको जानकारी गराउँदै हाल चल्दै आएको रीति रिवाज तथा यसमा संलग्नहरूलाई भने नगरपालिकाले नचलाउने समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक योजना तथा यातायात मन्त्री कृष्णलाल भँडेलले नगरपालिकाले चाँगुनारायणको जीवन्तता जोगाउन अपनत्व लिनु आफैमा गौरवको कुरा भएको बताएका थिए । मन्त्री भँडेलले नगरपालिकाले यसलाई अपनत्व लिँदा नेपालको पहिलो विश्व सम्पदा सुचीमा सूचीकृत मन्दिरको प्रचार प्रसार तथा सर्वधनमा टेवा समेत पुग्ने बताएका थिए ।

यस्तै , साे कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले चाँगुनारायण मन्दिर पुरै नगर बासीको गौरवको स्थान भएको बताउँदै यसको सर्वधनमा लाग्नु सबैको दायित्व भएको बताएका थिए ।

कार्यक्रममा पुरातत्त्व वीदहरु, मन्दिरका पुजारी, मन्दिरमा विभिन्न माध्यमबाट सहयोग गर्ने अर्थात् बाजा बजाउने फुल जुटाउने भजन कीर्तन गर्नेहरू, वडाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय , गुठी संस्थान, पुरातत्त्व विभाग लगायतका स्थानबाट प्रतिनिधित्व गर्ने महानुभवहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरपालिकाले बनाउने भनेको समितिमा नगर प्रमुख, नगर उपप्रमुख, मन्दिरको भौगोलिक क्षेत्र रहेको वडा नं. ४ र ५ का वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पुरातत्त्व विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय भक्तपुरका अधिकृत स्तरका कर्मचारी, गुठी संस्थान भक्तपुरका प्रमुख, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख, सामाजिक, धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका व्यक्ति रहेको समिति बन्ने प्रस्ताव गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved