काठमाडौं । व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र(PDRC) काे १८ औँ वार्षिकोत्सब तथा शिल्पी (कथित दलित) समुदायको शैक्षिक अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भव्यरूपमा यहि १९ गत्ते प्रज्ञ प्रतिस्ठान कमलादिमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कार्यपत्र संस्थाका सदस्य चक्रमान विश्वकर्माले प्रस्तुत गरेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मा. अशाेक कुमार राईकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छात्रवृत्ति कार्यक्रम र संस्थागत विकास गर्नुहुने विभिन्न समाजसेवी व्यक्तित्वहरूलाई प्रमुखअतिथि एवम् विशिष्ट अतिथिहरूबाट सम्मानपत्र र अम्बेडकर खादा ओढाएर सम्मान गरिएको थियोे ।
याे संस्था कुनै संस्थागत दातामा आश्रित नभएर व्यक्तिगत मनकारी स्वदेशी तथा विदेशी दातामा सञ्चालन हुँदै आएकाे छ । नेपालकाे एकप्रकारले राष्ट्रिय संस्कार नै माग्ने जस्तो भएको छ । यस्तो अवस्थामा जाे, जसले जति सकिन्छ अर्थात् हुनेहरूले नहुनेलाई , गाह्राे-साह्रो र अप्ठ्यारोमा परेकाहरूलाई थाेरै सहयाेग गरेर दिने संस्कारकाे विकास गरिनुपर्छ भन्ने मानसिकता विकास गराउन संस्थाले अभियानकै रूपमा अघि बढाउँदै आएकाे छ ।
यही अभियानले हजारौं विद्यार्थी लाभान्वित भइसकेका छन् । थुप्रै निजामती कर्मचारी क्षेत्रमा सुब्बा, अधिकृत हुँदै सहसचिवसम्मकाे सेवाप्रवेश भइसकेका छन् । छाेटाे अविधिमा संस्थाले ठूलो उपलब्धि हाँसिल गरिसकेको कामबाटै प्रमाणित भएको देखिन्छ ।
प्रमुख अतिथि राइले संवाेधनका क्रममा संस्थाले शैक्षिक क्षेत्रमा असाधारण काम गरेकोे र आगामी दिनमासमेत निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । विशिष्ट अतिथि राष्ट्रिय समावेशी आयाेगका सदस्य हरिदत्त जाेशी, पूर्व सचिव डा.मानबहादुर विश्वकर्मा, कमला विश्वकर्मा, भर्खरै संस्थाकै छात्रवृत्ति कार्यक्रमबाट विद्यावारिधि पूरा गर्नुभएका डा.रूद्र चर्मकार, सल्लाहकार डा.इन्जिनियर मेघबहादुर विश्वकर्माले संवाेधन गर्नुभएको थियोे ।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका भातृसंगठनका प्रतिनिधिहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू, सुभेच्छुक, सहयाेगीलगायत सयजनाभन्दा बढीको उपस्थिति रहेको थियाे ।
कार्यक्रमकी अध्यक्ष कमला हेमचुरीले प्रमुख अतिथि अशाेक कुमार राईज्यूलाई संस्थाकाे तर्फबाट मायाकाे चिनाे महामानव बुद्धकाे प्रतिमा हस्तान्तरण संगै समापन मन्तव्यसहित कार्यक्रम समापन गरिएको थियोे ।
कार्यक्रमकाे प्रायाेजन व्यवसायी सुर्य सुनाम र संस्थाका सदस्य दिपक विश्वकर्माले गरेका थिए भने,कार्यक्रमकाे सम्पूर्ण तयारी संस्थाका निमित्त निर्देशक डालबहादुर विश्वकर्मा र बालराज विश्वकर्मा लगायतले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव डीबी नेपाली दमुले गरेका थिए ।
यस्तै,संस्थाकाे वाषिर्कोत्सव कार्यक्रमलाई स्मरणीय र भव्यरूपमा सम्पन्न गर्नकाे लागि आ-आफ्नाे क्षेत्रबाट सरसहयाेग, साथसल्लाह र सहभागी भएर गर्नुभएको याेगदानका लागि यहाँहरू सबैमा हार्दिक धन्यवाद ज्ञापनसहित आगामी दिनहरूमा पनि सक्रिय सहभागीताकाे लागि आब्हान समेत गरिएकाे थियाे। ।
