काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई अतिरिक्त समूहमा राखेको छ।
निरौलाको ठाउँमा तार्केश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको जनाएको छ। कार्कीलाई दमकको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
निरौलाले एक महिलासँग गरेको अश्लील क्रियाकलाप सामाजिक सञ्जालमार्फत बाहिरिएपछि उनलाई मन्त्रालय तानिएको हो । प्रमाण मेटाउन निवासको रङसमेत परिवर्तन गरेका उनीमाथि आरोप छ।
