जिल्लाको सदरमुकाम नजिक रहेको तत्कालिन लफ्याङ गा.बि.स. वडा नं. –५ बस्ने बिरिलाल लुईटेलका छोरा भवानी लुइटेल द्धन्दकालमा नेकपा एमाले निकट बिद्यार्थी राजनीति गर्दथे, उक्त समयमा अन्य दलमा राजनीति गर्नेलई माओबादीले बिभिन्न हिषाबले दुःख दिने,अपहरण गर्ने र मार्ने सम्मका क्रियाकलाप गर्छ भन्ने घटनाहरु थाहा पाएपछी लुइटेलले गाँउ छाडेको कुरा सुनाउछन् ।
२०५४ सालमा श्री मा.बि मझुवा बाँस्बोटेबाट पहिलो प्रस्तावित मा.वि. र पहिलो एस.एल.सि सेन्टरमा प्रथम स्थान हाँसिल गरेका मेधाबी विद्यार्थी नेकपा एमाले निकट अनेरास्वबियुको राजनीति गरेकै कारण द्धन्दकालमा जिल्लाबाट बिस्थापित बनेर बाँकी पढाई अगाडी बढाउन नसकेको लुइटेलको गुनासो रहेको छ ।
“ठुलो परिवार,गरिवी र अभावका कारण साप्सु खोला बाट घाँसको भारी बोकेर गाई भैंसी पाल्नु पर्ने र दिक्तेल बजारमा दाउरा बेचेर जिविको चलाउनु पर्ने,घरको जेठो छोरोको जिम्मेवारी निभाउनु पर्ने,बाध्यताका बिच फलामे ढोकाको उपमाले चिनिने एस.एल.सी. प्रथम श्रेणीमा उतिर्ण गरेपछी आँफुले अध्ययन गरेकै श्री मा.वि.बाँस्बोटेमै शिक्षण गर्ने रोजगारीको अबसर भने प्राप्त भएको थियो तर मासिक तलव घटाघटमा आँफुलाई पढाउने गुरुले आँफुले प्रस्ताब गरेको भन्दा तल महिनाको ५८ रुपैयामा पढाउने भनेपछी उहाँको जागिर निस्कियो म राेजगारकाे खाेजिमा गाइघाट हुँदै कालेबुङ अनि पछि राजधानी काठमाण्डाैं तिरै लाँगे लुइटेल सुनाउछन्” ।
राजधानीमा बसेर आफ्नो ब्यबसाय गर्दै नेकपा एमाले पार्टी निकटको दिक्तेल रूपाकाेट मझुवागढी काठमाण्डौं सम्पर्क मञ्चकाे अध्यक्षकाे रूपमा काम गर्दै जिल्लाबाट बिभिन्न हिषाबले काठमाण्डौं आई बसोबास गर्ने प्राकृतिक प्रकाेप, बिपद लगायत सामाजिक समस्यामा परेका पिडितहरुलाई सहयोग गर्दै आएको लुइटेलको भनाई रहेको छ ।
बिगत २४/२५ बर्षदेखि आफू आँत्मनिर्भर हुनका लागि कसैको होटलमा मसाल्ची बाट शुरु गरेको जागिर बाट बिभिन्न कफिसप हुँदै क्याफे र हाल चाबहिलको मुख्य चौकमा मासिक ४ लाख भाडा तिरेर गेष्ट हाउस र रेष्टुरेण्ट सञ्चालन गरी १० जना जनशक्तिलाई रोजगारी दिदै आयका भवानि संकर लुईटेलले भने “संकटको बेला जीवन रक्षाको लागि दुरदराज बाट राजधानी छिरेको युवाले राज्यलाई लाखौ कर तिर्दापनि सम्बन्धित निकायबाट कुनै प्रोत्साहान नमिलेको,राज्यमा शान्ति सम्झौता देखी संविधान,निर्माण र लोकतान्त्रिक गणतन्त्र अनि संघीयताको दोस्रो चरणको अभ्यास भइरहंदा पनि बिभिन्न करका दरहरु मात्र बढ्नु तर ब्यबसाय मैत्री नीति निर्माण र सो को ब्यबहारिक कार्यन्वयन नहुनुले आम ब्यबसायीहरु ठुलो मारमा परेकाछन्” ।
दक्ष श्रमशक्ति बैदेशिक रोजगारमा पलायन भइरहेको त्यसमा पनि पछिल्लो समय शैक्षिक शक्तिहरु पि.आर.को खोजीमा युरोप र अष्ट्रेलिया,अमेरिका पलायन भइरहँदा मुलुकमा भित्रने बिप्रेषणमा समेत कटौती भइरहेको अबस्था छ । मुलुकमा ब्यबसायमा लगानीको वातावरण छैन,भएका ब्यबसायहरु पनि चल्न नसकेर बन्द हुंदै गइरहेका छन्,केही चल्दै गरेका ब्यबसायहरुलाई राज्यका तहपिच्छे बिभिन्न बहानामा दुःख दिएर धरासायी बनायपछी के को आधारमा राज्य सञ्चालन हुन्छ ? लुइटेलको प्रश्न रहेको छ ।
मुलुकको पहिलो समस्या बेरोजगार भयकाले आफ्नो नगर र जिल्लाबाट काठमाण्डौ आयर रोजगारीको खोजीमा रहेका प्रत्येक दक्ष/अदक्ष,हुने र नहुने दुबै किसिमका जनशक्तिलाई आफ्नै होटलमा राखेर तालिम दिदै स्वरोजगार बनायर राजनीतिक चेतको विकास गराउनु का साथै स्वदेशमै बस्ने राज्यलाई योगदान दिने वातावरण तयार गर्ने योजना रहेको लुइटेलको भनाई रहेको छ ।
