काठमाडौँ । उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण काठमाडौंकाे गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको छ । भने भक्तपुरकाे हनुमन्ते सहित विभिन्न ठाउहरु डुबानमा परेकाे छ।
काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ ।
विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढेकोले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

